शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

२५ वर्षपछि मुलुकको चित्र: प्रतिव्यक्ति १२ हजार १ सय डलर आम्दानी

बुधबार, २० चैत २०७५, १७ : २३
बुधबार, २० चैत २०७५

काठमाडौँ– दीर्घकालीन सोचसहित सार्वजनिक हुन लागेको पन्ध्रौं योजनाका लागि निकै महत्वाकांक्षी २५ वर्षको लक्ष्य र गन्तव्य तय गरिएको छ ।  राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको १५ औं योजनाको आधारपत्रको मस्यौंदा अनुसार आर्थिक वर्ष २१००/०१ सम्ममा एक व्यक्तिको कूल राष्ट्रिय आम्दानी १२ हजार १ सय डलर हुनेछ । 

अहिलेको डलरको मूल्यलाई १०० रुपैयाँ मान्ने हो भने पनि एक व्यक्तिको कूल राष्ट्रिय आम्दानी १२ लाख १० हजार हुनेछ । अहिले (आर्थिक वर्ष २०७४/७५ सम्म) प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार १२ डलर छ । प्रतिव्यक्ति राष्ट्रिय आम्दानी मात्र होइन गरिबीको रेखामुनी रहेको जनसंख्यालाई शून्य प्रतिशतमा झार्ने लक्ष्य पनि छ । 

अहिले यस्तो जनसङ्ख्या १८.७ प्रतिशत छ । यद्यपि, १५ औ योजनाको आधारपत्र मस्यांैदालाई अन्तिम रुप दिन विकास परिषदको बैंठक बसिरहेको छ । मस्यौंदाले अन्तिम रुप पाइसकेको भने छैन ।
समाजवादउन्मुख राष्ट्रिय अर्थतन्त्रको दीर्घकालीन सोचसहित आयोग १५ औ योजना सार्वजनिक गर्ने चरणमा छ । कूल ग्राहस्थ उत्पादनमा उद्योग र सेवा क्षेत्रको योगदानलाई निकै बढाउने किसिमले योजनाको लक्ष्य तय भएको छ । अबको २५ वर्षमा उद्योग क्षेत्रको योगदान ३० प्रतिशत पुर्याउने लक्ष्य छ । 

जबकि आव २०७४/०७५ मा योगदान १४.८ प्रतिशत छ । सेवा क्षेत्रको योगदान अहिले ५७ प्रतिशत छ । यसलाई बढाएर ६१ प्रतिशत पुर्याँउने दीर्घकालीन सोचको लक्ष्य छ ।  कुल ग्राहस्थ उत्पादनमा कृषि तथा वन क्षेत्रको योगदान भने घटाउने तयारी छ । अहिले यो क्षेत्रको योगदान २७.६ प्रतिशत रहेकोमा यसलाई घटाएर ९ प्रतिशतमा झार्ने लक्ष्य छ । 

यद्यपि, चालू आवको संशोधित अनुमान तयार भइरहेकोले आधारपत्रको अन्तिम मस्यांैदा भने आउन बाँकी छ ।  २५ वर्षसम्ममा रेलमार्ग २२ सय किलोमिटर निर्माण गरिने लक्ष्य  छ । 

मूल्यबृद्धि गर्ने वस्तु तथा सेवा बाहेकको अन्तशुल्क खारेज हुने

भन्सारका दरलाई अर्थतन्त्रको लागत नबढ्ने गरी र राष्ट्रिय उत्पादनको संरक्षण गर्ने गरी पुनरावलोकन गरिने सोच आधारपत्रको मस्यौँदामा छ ।  आर्थिक वृद्धि र समतामैत्री कर नीतिका माध्यमबाट राष्ट्रिय कराधारको संरक्षण गर्दै करको आधार तथा दरलाई फराकिलो बनाइने भनिएको छ । यस्तै संस्थागत करका दरलाई छिमेकी देशसँग प्रतिस्पर्धा हुनेगरी आयकरका दरलाई पुनरावलोकन गरिनेछ ।

अन्तशुल्कलाई मूल्य बृद्धि गर्ने वस्तु र सेवामा मात्र लगाउने  र अन्य वस्तु र सेवामा लागेका अन्तशुल्कलाई पूर्णता खारेज गरिने लक्ष्य छ । 

औसत आयू ८० वर्ष हुने

अहिले नेपालीको औसत आयु ६९ वर्ष भनिएको छ । २५ वर्षमा अपेक्षित आयू ८० वर्ष पुर्याँउने लक्ष्य छ । यसैगरी अबको २५ वर्षमा साक्षरतादर ९६ प्रतिशत, युवा साक्षरतादर शतप्रतिशत, माध्यमिक तहमा खुद   भर्नादर ९५ प्रतिशत, उच्च शिक्षामा कुल भर्नादर ४० प्रतिशत,आधारभूत सामाजिक सुरक्षामा आवद्ध जनसंख्या शतप्रतिशत,इन्टरनेटको प्रयोगकर्ता शतप्रतिशत,विद्युतमा पहुँच परिवार शतप्रतिशत, बेरोजगारीदर ३ प्रतिशत पुर्याँउने लक्ष्य छ । यसैगरी विश्व पर्यटन बजारमा नेपाल आकर्षक गन्तव्यको रुपमा विकास गरिने भनिएको छ । 

वर्तमान सरकारको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय सोच पुरा गर्न २५ वर्षका लागि नेपालको दीर्घकालीन सोच वि.सं. २१०० को प्रारम्भिक प्रारुप तयार गरेको हो ।

  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप