शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राहत लिएर नेविसंघका नेताहरु प्रभावित क्षेत्रमा

बुधबार, २० चैत २०७५, १७ : ३१
बुधबार, २० चैत २०७५

 काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संठन नेपाल विद्यार्थी संघले बारा– पर्सामा आएकाे आँधीबाट प्रभावितलाई राहत वितरण गरेको छ ।

पार्टी केन्द्रीय सदस्य तथा  नेविसंघका पूर्वअध्यक्ष प्रदीप पौडेल  नेतृत्वमा नेविसंघ टोलीले प्रभावित क्षेत्रका २ यस ५० घरधुरीलाई राहत वितरण गरेको हो । 

बाराको सुबर्ण गाउँपालिकाका प्रभावतिलाई दैनिक जीविकोपार्जनको लागि म्याट, झुल, बाल्टी, टर्चलाइट लगायतका सामाग्री वितरण गरेका नेविसंघका निर्वतमान केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए । 

उनका अनुसार काठमाडौंबाट त्यहाँ पुगेको पौडेलसहित पूर्व महामन्त्री कुन्दन काफ्लेलगायतको टोली पीडितका लागि अस्थायी टहरा समेत निर्माणमा जुट्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप