शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वान स्टप सेन्टरको भविष्य धरापमा, मलेसियाका १० वान स्टप सेन्टर बन्द

बिहीबार, २१ चैत २०७५, १२ : ०१
बिहीबार, २१ चैत २०७५

मलेसियामा विदेशी कामदार भित्राउन प्रयोग गरिने एफडब्लुसिएमएस अर्थात् फरेन वर्कस् सेन्ट्रलाइज्ड म्यानेज्मेन्ट सिस्टमका १० वटा शाखा बन्द भएका छन् ।

विदेशी कामदारहरुको सम्पूर्ण तथ्याङ्क राख्ने संस्था एफडब्लुसिएमएस्ले बिहीबार एक सूचना जारी गर्दै सेलाङ्गोरको स्काईपार्कमा रहेको वान स्टप सेन्टरबाहेक अन्य सबै वान स्टप सेन्टर बन्द गर्ने निर्णय गरेको हो ।

आगामी ७ अप्रिलदेखि अन्य १० स्थानको वान स्टप सेन्टर बन्द हुने भएका छन् ।

एफडब्लुसिएमएसले मलेसियाकै ११ स्थानमा वान स्टप सेन्टर सञ्चालन गरेको थियो । तर बिगत लामो समयदेखि नेपाल, बङ्गलादेश लगायतका स्थानबाट कामदार नआउने र भिसा प्रक्रिया पनि बन्द भएपछि कामको चाप कम परेको थियो ।

त्यसबाहेक मलेसिया सरकारले ‘सिस्टम रिभ्यु’ को तयारी गरेपछि वान स्टप सेन्टरका शाखाहरु बन्द हुने भएका हो ।

सूचनामा अन्य केही कुरा उल्लेख नगरेपनि वान स्टप सेन्टरको अस्तित्व धरापमा पर्ने भएपछि यो निर्णय लिएको हुनसक्ने अनुमान गरिएको छ ।

एफडब्लुसिएमएसले बायोमेडिकल र वान स्टप सेन्टर सञ्चालन गर्दै आएको थियो । 

मलेसियाको १११ मध्ये १० स्थानको वान स्टप सेन्टर खारेज गर्ने निर्णयसँगै वान स्टप सेन्टरको भविष्यसमेत खतरामा परेको छ ।

यद्यपि एफडब्लुसिएमएसले मलेसियाकै शाखामात्रै बन्द गरेको कारण नेपाल लगायतका अन्य देशका वान स्टप सेन्टरबारे भने केही बोलिएको छैन ।

मलेसिया सरकारले बायोमेडिकल, वान स्टप सेन्टर, इमिग्रेसन सेक्युरिटी क्लिरेन्स र भिएलएनको सञ्चालनबारे समीक्षा गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप