शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एकै पटक विभिन्न सरकारी निकायमा आकर्षक जागिर खुल्योः सशस्त्र प्रहरीदेखि राष्ट्रिय वाणिज्य बैंकसम्म

शुक्रबार, २२ चैत २०७५, ०९ : ५२
शुक्रबार, २२ चैत २०७५

काठमाडौं– सशस्त्र प्रहरी बलमा भर्ना खुलेकाे छ । सशस्त्र प्रहरी बलको भर्ना तथा छनौट शाखाले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार प्राविधिक समूहका विभिन्न ४ पदमा चैत २४ देखि बैशाख २३ गतेभित्र आवेदन दिन सकिनेछ । 

आवेदन सशस्त्र प्रहरी बलको हल्चोकस्थित केन्द्रीय कार्यालयमा बुझाउन सकिने छ । 

यसैगरी राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले केन्द्रीय कार्यालयसहित सबै प्रदेश अन्तर्गतका कार्यालयका लागि  तह ४ देखि ९  का लागि विभिन्न पदमा कर्मचारी माग गरेको हो । 
स्थायी पदपूर्तिका लागि माग गरिएको सो आवेदनका लागि अनलाइनमार्फत दरखास्त दिनुपर्नेछ । 

यसैगरी राष्ट्रिय अनुसन्धान विभागमा पनि जागिर खुलेको  छ भने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले समेत विभिन्न पदमा कर्मचारी माग गरेको छ । 

सूचना हेर्नुहाेस्


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप