बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अहिलेसम्म सिङ्गलै छु – अभिनेत्री मलिका

शुक्रबार, २२ चैत २०७५, १० : ५४
शुक्रबार, २२ चैत २०७५

फिल्म ‘यात्रा’की हिरोइन हुन् मलिका महत । नयाँ वर्षको अवसर पारेर २९ चैतबाट प्रदर्शनमा आउन लागेको यो उनको डेब्यु फिल्म हो । फिल्ममा उनले अभिनेता सलिनमान बनियासँग रोमान्स गरेकी छन् । यो वर्ष डेब्यु गर्ने अधिकांश अभिनेत्री फिल्म रिलिजसँगै हराएका छन् । उनी के गर्लिन् ? ‘हिट हुने कि हराउने दर्शकको मूल्याङ्कनमा भर पर्ने कुरा हो’, उनी बताउँछिन् ।

हुन त फिल्मको प्रचार सामग्री सार्वजनिक भएपछि उनको सुन्दरताको पनि तारिफ गरिएको छ । यसले मात्र हिट हुन नसक्ने उनलाई पनि थाहा छ । अभिनय क्षमता भयो भने सुन्दरताले पनि प्लस गर्ने उनको भनाइ रहेको छ ।

फिल्मलाई सम्राट शाक्यले निर्देशन गरेका हुन् । फिल्मले सार्वजनिक गरेका गीत तथा ट्रेलरले राम्रै प्रतिक्रिया पाइरहेका छन् । त्यसैले पनि अभिनयबाट राम्रो तारिफ पाउने आस मलिकाको पनि छ । यिनै अभिनेत्री मलिकासँग रातोपाटीका दस प्रश्न ।

अभिनयमा डेब्यु गर्ने अवसर कसरी जुर्यो ?

–फिल्मको अडिसन भइरहेको रहेछ । यस फिल्मका निर्देशक सम्राट शाक्यले अडिसन भइरहेको छ । अभिनयमा रुचि भए अडिसनमा सहभागी जनाउ भनेर मलाई मेल गर्नुभएको थियो । त्यसपछि फिल्मका लागि केही चरणको अडिसन दिए । अडिसनबाटै छानिएकी हुँ ।

फिल्म प्रदर्शन मिति नजिकिँदै गर्दा कस्तो महशुस हुँदो रहेछ ?

– एकदमै एक्साइटेड छु । साथै नर्भस पनि । काम त मैले गरिसकेकी छु । परिणाम के होला भनेर खुलदुली धेरै लागेको छ ।

फिल्म अभिनयमा पहिले रुचि थियो त ?

– फिल्म नै भन्ने थिएन । तर अभिनयमा भने रुचि थियो । स्कुलमा म स्टेज ड्रामाहरू गर्थें । अभिनेत्री यति छिटो हुन्छु भन्ने कहिल्यै लागेको थिएन ।

फेसनमा रुचि त पक्कै होला ?

–रुचि त छ । विशेष गरेर मलाई क्याजुअल पहिरन मनपर्छ । फ्रक, टप्स जस्ता पहिरनमा म राम्री पनि देखिन्छु ।

कस्ती केटी ?

– धेरै नबोल्ने, लजालु खालकी छु । मेरो समूहमा छिट्टै भिज्न नसक्ने स्वभाव छ । केही मानिसको भीड छ भने त्यहाँ गएर बोलेर छिट्टै घुलमिल हुन म सक्दिनँ । यो कारण धेरैले मलाई घमण्डी पनि भन्छन् होला । तर म त्यस्तो छैन ।

मनपर्ने खाना ?

– कोरियन खानेकुरा धेरै मनपर्छ ।

पूरा नभएका सपना ?

– धेरै छन् । बच्चामा मलाई टिचर हुन मन थियो । अहिले अभिनयमा आएँ । यस्ता सपना धेरै छन् । कति त भन्नै सक्दिनँ ।

स्क्रिन सेयर गर्न मन लागेको व्यक्ति ?

– सौगात मल्ल मैले पहिलेदेखि नै फलो गरेका कलाकार हुन् । अवसर मिल्यो भने उहाँसँग अभिनय गर्ने रहर छ । उहाँको अभिनय पनि धेरै मनपर्छ ।

अहिले प्रेममा हो ?

– छैन, छैन । अहिलेसम्म सिङ्गलै छु । अफर त आउने गरेका छन् । तर अहिले सकेसम्म प्रेमभन्दा पर रहन मनपर्छ ।

रोजेको व्यक्तिसँग डेटको अफर दिइयो भने ?

– हलिउड गायक जस्टिन बिबर । सानैदेखि म उहाँको फ्यान हुँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप