शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘यात्रा’ गीत ‘डुली डुली’ : गायिका बनिन् मलिका

शुक्रबार, २२ चैत २०७५, ११ : ४७
शुक्रबार, २२ चैत २०७५

 २९ चैतबाट प्रदर्शनमा आउँन लागेको फिल्म ‘यात्रा’ को नयाँ गीत रिलिज गरिएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले यो गीत बाहिर ल्याएको हो ।

‘डुली डुली’ बोलकोे सार्वजनिक गीतमा गायिका मेलिना राईको स्वर,  दिवेश उप्रेती र प्रतिक पौडेलको शब्द  तथा कोविद बज्र र प्रतिक पौडेलको संयूक्त संगीत रहेको छ ।

गीतको अभिनेत्री मलिका महत गायिकाको रुपमा प्रस्तुत भएकी छन् ।

गीतमा सलिनमान बनिया, जान्हवी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटा पनि देखिएका छन् । फिल्म सम्राट सापकोटाले निर्देशन गरेका हुन् ।

केशव भट्टराई र चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा विक्रम पराजुली, मुक्ति सिना र राम शरण घिमिरे सह–निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन्, भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।

फिल्ममा सलोन बस्नेत, राजाराम पौडेल, धिरेन शाक्य, नानीकाजी डंगोल, विन्दा खतिवडालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप