बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दीपकको संगीतमा ‘नदेखेको धेरै भयो’

शुक्रबार, २२ चैत २०७५, २० : ०३
शुक्रबार, २२ चैत २०७५

काठमाडौँ । चर्चित गायक तथा संगीतकार स्वरुपराज आचार्य र गायिका बिन्दु परियारको स्वर रहेको ‘नदेखेको धेरै भयो’ गीतको भिडियो समेत निर्माण भएको छ । प्रेममा चुर्लम्म डुबेको जोडीले एक अर्कालाई केही समय नदेखे के हुन्छ भन्ने मर्म भिडियोमा समेटिएको छ । 

महेश खड्का र इस्तु कार्कीको अभिनय रहेको गीतमा किशोर अवस्थामा जानेर वा नजानेर गरिने प्रेम र त्यसले निम्त्याउने समस्या कथा बुनिएको छ ।

दीपक शर्माको संगीत रहेको गीतमा ईश्वर श्रेष्ठको शब्द, नरेन्द्र वियोगीको एरेन्ज छ । गीतको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप