शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मदरसालाई पनि माध्यमिक तहसम्मको अनुमति दिन आग्रह

शनिबार, २३ चैत २०७५, १५ : १८
शनिबार, २३ चैत २०७५

परासी । मुस्लिम समुदायको धार्मिक संस्था मदरसालाई पनि माध्यमिक तहसम्मको अनुमति दिन धर्मावलम्बीहरुले सरकारलाई आग्रह गरेका छन् । कक्षा पाँच सम्म मात्र अनुमति पाएका मदरसाहरुलाई कम्तिमा माध्यमिक तहसम्म कक्षा संचालन गर्न अनुमति पाउनु पर्ने धर्मावलम्बीहरुले सरकार संग माग राखेका हुन् ।  

पश्चिम नवलपरासीको सदरमुकाम परासीमा शुक्रबार राती संचालित फैजाने अहले बैत कान्फ्रेन्स जल्सा (धार्मिक प्रवचन) कार्यक्रममा धर्मावलम्बी वक्ताहरुले यस्तो माग गरेका हुन् ।

जिल्लामा ४३ वटा मदरसाहरु संचालनमा छन् तर ति मदरसाहरुमा अध्ययनरत विद्यार्थीहरु कक्षा ५ पछिको उच्च शिक्षा हासिल गर्न छिमेकी राष्ट भारत जानु पर्ने बाध्यता रहेको छ । धार्मिक शिक्षा हासिल गर्न केहि सम्पन्न विद्यार्थी भारत जान्छन तर अधिकांश विद्यार्थीहरु गरिबीका कारण उर्दुको उच्च शिक्षाबाट बन्चित हुने गरेको सो कार्यक्रमबाट निष्कर्ष निक्लेको छ ।

यता उच्च शिक्षाबाट मुस्लिम विद्यार्थीहरु बन्चित त छदै छन् भारतमा अध्ययन सकेर नेपाल फर्किदा सो मार्कशिटको कुनै मुल्याङ्कन नहुने कारणले रोजगारीको अवसर समेतबाट बन्चित हुदै आएका छन् । कार्यक्रमका वक्ताहरुले भारतमा उच्च शिक्षा हासिल गरेका मौलानाहरुको मार्कशिटलाई पनि नेपाल सरकारले ईक्युभाईलेन्ट मार्फत मान्यता दिई मदरसाहरुमा मौलाना शिक्षकहरुको दरबन्दी समेत कायम गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।  

त्यसैगरि सरकारले मुस्लिम समुदायको महान पर्व ईद–बकरईद, मोहम्मद जन्म ज्यन्ती र मोहर्रम पर्वलाई राष्ट्रिय कटौती गरेकाले ईस्लाम धर्मावलम्बीहरु आपत्ति प्रकट गर्दै यि विदाहरुलाई पनि राष्ट्रिय विदाको रुपमा घोष्णा गर्न सरकारलाई आग्रह गरेका हुन् । परासीमा संचालित मदरसा जामिया फैजाने अहले बैतले ईस्लाम धर्मको सन्देशलाई आमजनता माझ पु¥याउने र धर्मको चर्चा परिचर्चा गर्दै मुस्लिम समुदायमा धार्मिक चेतना जगाउने उद्देश्यले यस जलसा कार्यक्रमको शुक्रबार राती आयोजना गरेको मदरसाका अध्यक्ष सैयद गुलाम हुसैन मिँयाले जानकारी दिए । जलसा कार्यक्रममा प्रमुख वक्ताको रुपमा भारतको अग्या शरिफाबाट हजरत मौलाना अल्लामा हबिबुर्रहमान साहब, विशेष वक्ता आजमगढबाट मौलाना अल्लामा मुफ्ती अख्तर हुसैन साहब र सहायक वक्ता मौलाना सुफी सिद्दिक खान, मौलाना खालिद रजा खान, मौलाना सैयद हेदायतुल्लाह शम्शी, मौलाना सहाबुद्दिन चतुरवेदी, रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप