शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बारा–पर्सा आँधीः एक सातामा मुख्यमन्त्री राहत कोषमा ७४ लाख जम्मा

शनिबार, २३ चैत २०७५, १५ : ३४
शनिबार, २३ चैत २०७५

जनकपुर–गत आइतबार बारा–पर्सामा आएको विनाशकारी आँधीबाट पीडित भएकाहरुका लागि सहयोग संकलन गर्न प्रदेश नम्बर २ सरकारले सञ्चालनमा ल्याएको मुख्यमन्त्री राहत कोषमा करीब ७४ लाख रुपैयाँ जम्मा भएको राहत तथा उद्धार व्यवस्थापन समितिले जनाएको छ ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री समेत रहेको संयोजक ज्ञानेन्द्र कुमार यादवले चैत १७ गते खाता खुलेयता ७३ लाख ५४ हजार ३ सय ३० रुपैयाँ जम्मा भएको जानकारी दिए । 

चैत १८ गते देखि चालु भएको राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १२२०५०३०००००० मा सो दिन १ लाख १० हजार ६ सय ६२ रुपैयाँ, १९ गते ४ लाख ५ हजार ६ सय ६८ रुपैयाँ र २० गते ८ लाख १९ हजार रुपैयाँ, २१ गते १४ लाख र २२ गते ४६ लाख १९ हजार रुपैयाँ जम्मा भएको छ ।

प्रदेश २ सरकारले बारा–पर्सामा विनासकारी हावाहुरीमा परि मृत्यू भएका परिवारलाई ३ लाख रुपैयाँको दरले क्षतिपूर्ति दिने घोषणा गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप