शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पूर्वी तराईमा घाउ लाग्दा पश्चिम पहाडले ‘मलम’ पठायो

शनिबार, २३ चैत २०७५, १६ : ४२
शनिबार, २३ चैत २०७५

बुटवल । केहि दिनदेखि पूर्वी मधेशमा महाविनाशकारी हावाहुरीले ठूलो जिउधनको क्षति पुर्यायो । त्यसको अर्को दिन पश्चिम पहाडको गुल्मी जिल्लावासीले मधेशका हावाहुरी पिडितको उद्दारका लागि चन्दा संकलन गर्न सडकमा उत्रिए ।

गुृल्मी उद्योग वाणिज्य संघको अगुवाईमा चैत १७ गते आएको हावाहुरीबाट बारा र पर्सा जिल्लाका पीडितहरुको उद्दारमा गुल्मीवासी सदरमुकाम तम्घास बजारमा उत्रिए ।  

संघका अध्यक्ष श्रीप्रसाद भलामी भन्छन्, ‘विपद्को घाउ पूर्व, पश्चिम जता लागे पनि दुखाई सबैतिर हुँदोरहेछ । बढि दुखाई पूर्वी तराईवासीमा भएकोले मलमपट्टिका रुपमा सहयोग संकलनमा सक्रिय भएका हौं ।’

संघका महासचिव ताराप्रसाद भुसालकाअनुसार तम्घास बजारवासीबाट ६० हजार  ८ सय ५५ रुपैयाँ र  गुल्मी उद्योग वाणिज्य संघका पदाधिकारीबाट व्यक्तिगत रुपैयाँ र १९ हजार १ सय ४५ सहित कुल ८० हजार रुपैयाँ प्रदेश २ का मुख्यमन्त्री कोषको खातामा पठाईएको छ । 

प्रदेश  ५ का अन्य जिल्लावासीले पनि पूर्वी मधेसका हावाहुरी पीडितको उद्दारमा सहयोग संकलन कार्य तिब्र पारिएको जनाईएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप