शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ शक्ति पार्टी काठमाडौंमा खोलिएका मःम पसल जस्तो होइन : बाबुराम भट्टराई

शनिबार, २३ चैत २०७५, १७ : ५१
शनिबार, २३ चैत २०७५

बुटवल । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी काठमाडौमा खोलिएका मःम पसल जस्तो नभएको बताएका छन् । आज बुटवलमा आयोजित पत्रकार सम्मेनमा बोल्दै पूराना पार्टीहरु भन्दा नयाँ शक्ति पार्टी फरक रहेको उनले दाबी गरे ।

उनले भने, ‘हामीलाई तपाईहरु काठमाडौमा खोलिएका १० वटा पसलमा अर्को थपिएर ११ औं बने जस्तो होइन । मःम पसल थपिए संस्था बढ्ने हो । तर टेस्ट पुरानै । हाम्रो पार्टी त्यो होइन । नयाँ टेस्टसहित हो ।’

नयाँ शक्ति पार्टी विकुल्न नयाँ भएको दाबी गर्दे उनले विचार, संगठन र पुरानाभन्दा अलि फरक देश बनाउन आफूहरु लागिरहेको बताए ।

उनले विश्वमा नयाँ विचारको बहस भएकाले हालै युरोप भम्रण सोही अध्ययन गर्दा नेपाललाई  नयाँ ढंगबाट लैजानको लागि नयाँ शक्तिको आवश्यकता रहेको समेच बताए । 

सरकार पूर्ण रुपमा असफल
फरक प्रसंगमा उनले दुई तिहाइको सरकारबाट जनताले आशा गर्ने कुनै ठाउँ नभएको पनि बताएका छन् । जनताको पक्षमा कुनै काम गर्न नसकेकाले यो सरकारबाट आशा गर्नु व्यर्थ हुने उनले दाबी गरे । 

सरकार बनेको एक वर्षभन्दा बढी भइसक्दा समेत कुनै काम हुन नसकेको उनको भनाई छ । उनले सरकारले आफैँ नै वैदेशिक व्यापार घाटा, अन्तर्राष्ट्रिय लागानी सुधार गर्न नसकेको आरोप लगाए । 

‘अब यो सरकारबाट के आशा गर्ने,’ उनले थपे, ‘यो सरकारको काम देखेर राष्ट्रिय जनता पार्टी पनि सरकारबाट बाहिरियो । संघीय समाजवादी फोरम पनि त्यही बाटोमा छ । केही गर्छ कि भन्ने सबैको आशा सरकारले गलत साबित ग‍र्यो ।’

संयोजक भट्टराईले विप्लव नेतृत्वको माओवादीले लिएको बाटो पनि सही नभएको बताए । उनले अब नेपालमा संघर्ष आवश्यक नभएको जिकिर गरे । 

लगानी सम्मेलन आफैँ महादेव कस्ले देला वर 
पूर्वअर्थमन्त्री समेत रहेको डा.बावुराम भट्टराईले हालै सरकाले गरेको लगानी सम्मेलन सफल नभएको बताए । उनले लगानी सम्मेलनमा बर्माका मन्त्री आएको प्रसङ्ग उल्लेख गर्दे बर्मा आफैँ त महादेव कले देला वर जस्तै भएको बताए । 

उनले लागानी सम्मेलन सरकारले नितिगत रुपमा सुधार गर्ने वातारण नगरेका कारणले विदेशीहरुले पत्याउन कठिन भएको बताए । उनले भने, ‘नीतिगत रुपम सम्मेलन आयोजना गर्नु ठिकै हो । तर सरकारले आफैँले लागनीमैत्री वातावरण सिर्जना गर्ने काम नगरेका कारण विदेशीले पत्याएन् ।’

उनले तारे होटलमा भात खुवाउँदै विदेशी लगानीकर्ताहरु नआउने जिकिर पनि गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप