शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

व्यापारी सुवास श्रेष्ठलाई ५ दिन हिरासतमा राख्न अनुमति

आइतबार, २४ चैत २०७५, १७ : ३२
आइतबार, २४ चैत २०७५

काठमाडौं– अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध डलरसहित पक्राउ परेका व्यापारी सुवास श्रेष्ठलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ । शुक्रवार राती पक्राउ परेका श्रेष्ठलाई आईतबार राजस्व अनुसन्धान विभागले पाँच दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको विभागले जनाएको छ ।

शुक्रवार दिउँसो ठुलो परिणाममा अवैध डलर बोकेर थाईल्याण्ड जाँदै गरेका श्रेष्ठलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । काठमाडौं–७ मित्रपार्क स्थायी वतन भएका सुवास श्रेष्ठ, श्रीमती उमादेवी श्रेष्ठ, दुई छोरीहरु र एक छोरासहित पक्राउ परेका श्रेष्ठ परिवारका अन्य सदस्यहरुलाई भने छाडिएको प्रहरीले जनाएको छ ।

व्यापारी श्रेष्ठको साथबाट प्रहरीले थाई भाट २२ हजार १५०, युरो १३८०, अमेरिकी डलर १० हजार र चिनीया युआन ८० हजार बरामद गरेको थियो ।

बोर्डिङ गेट नम्बर–५ बाट पक्राउ परेका सुवास श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु प्रस्थान कक्षमा कफी शप सञ्चालन गर्दै आएका छन् । विमानस्थलको पार्किङ्ग एरियामा ‘कान्तिपुर क्याफे’ समेत सञ्चालन गर्दै आएका श्रेष्ठले विगतमा पनी डलर तस्करी गर्दै आएको आशंकामा थप अनुसन्धानको काम भईरहेको विभागका एक अधिकृतले जानकारी दिएका छन् ।
शुक्रवार मध्यान्ह पौने २ बजे थाई एयरको फ्लाईट नम्बर टिजी–३२० मार्फत श्रेष्ठ परिवारका पाँच सदस्य सहित बैंकक जाँदै थिए ।

जो ‘भिआईपी पास’ लगाएर छिरे !

शुक्रवार मध्यान्ह सुवास श्रेष्ठ थाईल्याण्ड जाने बेला भिआईपी पास लगाएर अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षतर्फ गएका थिए । भिआईपी पास लगाएर जाँदा अन्य यात्रुलाई जस्तो चेकजाँच हुँदैन् । प्रस्थान कक्षको स्टेरीलाईज्ड हलमा उनको कफी सप छ । त्यहि कफी सपमा उनले पहिले नै डलर तयारी अवस्थामा राखेका थिए । डलर लिएर विमानतर्फ जाँदै गर्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनको पसल यस्तो ठाउँमा छ, जहाँ सुरक्षा जाँच कटेपछि पुगिन्छ । उनको कफी सपमा पुगेपछि कुनै सुरक्षा जाँच हुँदैन् । विमानस्थल सुरक्षा कार्यालयका प्रमुख (एसएसपी) सन्दिप भण्डारीले शुक्रवार मध्यान्ह पक्राउ परेपछि श्रेष्ठलाई आफ्नै रोहवरमा छाड्न आदेश दिएका थिए । उक्त सुचना संचारमाध्यममा चुहिएपछि श्रेष्ठ पुनः पक्राउ परेका हुन् ।

श्रेष्ठले विमानस्थल पार्किङ्ग एरियामा चलाएको कान्तिपुर क्याफेबाट चाउमिन र मःम जस्ता खाद्यान्नका प्याकेट स्टेरीलाईज्ड हलस्थित कफी शपमा लगेर विक्री गर्ने गरेका छन् । मःमको प्याकेटमा साँच्चै मःम नै जान्थ्यो कि डलर ? यसबारे प्रश्न उठेको छ ।

कफी शपमा ड्राई फुड मात्रै बेच्न पाउने भनिएपनी मःम, चाउमिको प्याकेटको आवरणमा शंकास्पद बस्तु ओसार–पसार गर्दा राष्ट्रिय सुरक्षाको लागी समेत चुनौती भएको विमानस्थमा कार्यरत एक उच्च सुरक्षा अधिकारी बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप