शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सौतालाई ‘घोडा’ भनेपछि महिलालाई दुई वर्षको जेल सजाय

सोमबार, २५ चैत २०७५, ०८ : ३५
सोमबार, २५ चैत २०७५

लण्डनकी एक महिलाले आफ्ना पूर्व श्रीमानकी नयाँ श्रीमतीलाई फेसबुकमा ‘घोडा’ भनेपछि दुबईमा दुई वर्षको जेल सजाय भोगिरहेकी छिन् ।

लाहे साहराभेस,५५, लाई दुबईको एयरपोर्टमा पक्राउ गरिएको हो । उनी आफ्ना पूर्व श्रीमानको अन्तिम संस्कारमा सरिक हुन दुबई गएकी थिइन् ।

सन् २०१६ मा आफ्ना श्रीमानले पुनः विवाह गरेको तस्बिरमा दुईवटा कमेन्ट गरेकी थिइन् ।

साहराभेसको १८ वर्षको वैवाहिक सम्बन्ध टुटेको थियो । उनी श्रीमानसँग आठ महिना संयुक्त अरब इमिरेट्समा बसेकी थिइन् ।

उनी छोरीसहित बेलायत फर्किइन् तर उनका श्रीमान् संयुक्त अरब इमिरेट्समा नै बसे । त्यसको केही समयमा उनीहरुको सम्बन्धविच्छेद भयो ।

साहराभेसले फेसबुकमा तस्बिर देखेपछि पूर्व श्रीमानले पुनःविवाह गरेको थाहा पाइन् । उनले ती तस्बिरमा दुईवटा कमेन्ट गरिन् जसमध्ये एउटामा उनले लेखिन्, ‘आशा गर्छु कि अब यो मूर्ख भूमिगत हुनुपर्छ । धिक्कार छ । मलाई यो घोडाको लागि छोडिस् ।’

संयुक्त अरब इमिरेट्सको कानून अनुसार सोसल मिडियामा कसैको मानहानी गरे जेल सजाय र जरिवानाको प्रावधान छ ।

दुबइमा पक्राउ परेकी उनलाई दुई वर्षको जेल सजाय र ५० हजार पाउन्ड जरिवाना हुनसक्छ । यद्यपि, उनले लण्डनमा बसेर फेसबुक पोष्टमा कमेन्ट गरेकी थिइन् ।

साहराभेसका पूर्व श्रीमानकी दुबईमा बस्ने नयाँ श्रीमतीले मुद्दा दर्ता गरेको बताइन्छ ।

गत मार्च १० तारिखमा हृदयघातबाट मृत्यु भएका पूर्व श्रीमानको अन्तिम संस्कारमा सहभागी हुन साहराभेस छोरीसहित संयुक्त अरब इमिरेट्स उडेकी थिइन् ।

साहराभेसलाई पक्राउ गर्दा उनकी १४ वर्षीया छोरी सँगै थिइन् । उनी एक्लै लण्डन फर्कनु परेको बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप