बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मानवअधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सवमा दीपकको ‘टहरा’ उत्कृष्ट

सोमबार, २५ चैत २०७५, ११ : १७
सोमबार, २५ चैत २०७५

काठमाडौं –‘सातौं नेपाल मानवअधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सव २०१९’ आइतबार सकिएको छ । वेन रेन्डालले निर्देशन गरेको अस्ट्रेलियन चलचित्र ‘सिस्टरर्स फर सेल’लाई उत्कृष्ट अन्तराष्ट्रिय नन–फिक्सन वृत्तचित्रकोे अवार्ड प्रदान गर्दै महोत्सव सकिएको हो । 

कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा ४ दिनसम्म चलेको महोत्सवमा फ्रान्सका करिम रहबानीले निर्देशन गरको ‘कार्गाे’ले उत्कृष्ट अन्तराष्ट्रिय फिक्सन अवार्ड जितेको छ ।

उत्कृष्ट राष्ट्रिय फिक्सन फिल्मको अवार्ड अविनाश विक्रम शाहद्धारा  निर्देशित चलचित्र ‘तटीनी’लाई प्रदान गरिएको छ । उत्कृष्ट राष्ट्रिय वृत्तचित्र विधामा दिपक तोलागेंले निर्देशन गरको ‘टहरा’ले बाजी मारेको छ । 

उत्कृष्ट नेपाली महिला निर्देशक तर्फ प्रशुना डंगोलको ‘डोल्पा डायरी’ले हात पारेको छ, भने जुरी स्पेसल मेन्सन ‘सेन्ड गर्ल’ जर्मनका मार्क मिकेलल र जुरी अवार्ड ‘थ्री स्टोलन क्यामेराज्य’ले हात पारको छ । 
पुरस्कृत राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय फिक्सन र ननफिक्सन चलचित्रलाई अवार्डसँगै ५०/५० हजार रुपैयाँ पनि प्रदान गरिएको थियो ।

मानवअधिकार चलचित्र केन्द्रले आयोजन गरेको महोत्सवमा मानवअधिकारका विषयमाथि बनेका ३३ देशका ८२ वटा लुघु चलचित्र, वृत्तचित्र, फिचर, एनिमेसन लगायतका  चलचित्र प्रदर्शन गरिएका थिए । 
‘सुरक्षित, व्यवस्थित र आत्मसम्मानित आप्रवासन’ भन्ने नारा सहित २०१० देखि सुरु गरको नेपाल मानव अधिकार अन्तर्रािष्ट्रय चलचित्र महोत्सव प्रत्येक वर्ष आयोजना हुने गर्दछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप