बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

घरदौलोमा नर्सिङ सुन्दरी

सोमबार, २५ चैत २०७५, ११ : २१
सोमबार, २५ चैत २०७५

काठमाडौं – स्काइफल ‘मिस नेपाल पिस २०७५’का प्रतियोगीले ब्रेष्टक्यान्सर सम्बन्धी एकदिने जनचेताना कार्यक्रममा सहभागिता जनाएका छन् । विश्व स्वस्थ्य दिवसको अवसर पारेर आइतबार भक्तपुर दरबार स्क्वार क्षेत्रमा आयोजित क्यान्सर सम्बन्धी जनचेतना कार्यक्रममा उनीहरुले सहभागीता जनाएर क्यान्सरको बारेमा जनचेताना जगाएका हुन् । 

नेपाल ब्रेस क्यान्सर फाउन्डेसनकी अध्यक्ष सुनिता हिराचनको संयोजकत्वमा प्रतियोगीहरु दरबार स्क्वारक्षेत्र आसपासका घर घर पुगेर क्यान्सर सम्बन्धी चेतना जगाएका थिए । 

‘क्यान्सर के हो, कसरी लाग्छ, यो बाट बच्च के गर्न सकिन्छ भन्ने विभिन्न विषयको ज्ञान प्रतियोगीले घर दैलोमा पुगेर बाँडेको नेक्स्ट मोडल्सका अध्यक्ष रवी धमलाले बताए । प्रतियोगिलाई सामाजिक उत्तर दाइत्व बहन गराउन यस्तो कार्यक्रममा सहभागी गराएको धमलाको भनाई रहेको छ । 

‘सशक्त महिला सबल राष्ट्र’ भन्ने नारासहित स्वास्थ्य पेसासँग सम्बन्धित यो एकमात्र सौन्दर्य प्रतियोगिता भएको दाबी गरिएको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप