नेपाल पत्रकार महासंघ भारत शाखाको दोस्रो अधिवेशन सम्पन्न
नयाँ दिल्ली –नेपाल पत्रकार महासंघ भारत शाखाको दोस्रो अधिवेशन आइतबार सम्पन्न भएको छ।
भारतको राजधानी दिल्लीस्थित महासंघकै सभाहलमा सम्पन्न अधिवेशनले सर्वसहमतिमा लोकेश शाह ‘आर्यन’को नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
जसको उपाध्यक्ष देवबहादुर कुँवर, महासचिव अर्जुन खनाल , सचिव देवेन्द्र केसी (खुल्ला), सचिव धन वीर पुन (समावेसी) र कोषाध्यक्षमा धन बहादुर विक चयन भएका छन् ।
त्यसै सदस्यमा इन्द्रकमल जैरु, बाबुरोका मगर , भेषराज पौडेल, खुमबहादुर गुरुङ र केशवराज पोख्रेल चयन भएका छन् भने प्रमुख सल्लाहकारमा निवर्तमान महासचिव गोविन्द पोख्रेल र सल्लाहकार सदस्यमा ऋषिराम अधिकारी रहेका छन् ।
कार्यक्रममा महासंघ केन्द्रीय समितिका अध्यक्ष गोबिन्द आचार्यले पत्रकारहरु आम नागरिक भन्दा माथि नभएको बताउदै आचारसंहिता पालना गर्नु पर्ने बताए ।
उनले आफ्नो मातृभूमिको कानुन पालना गरेझै भौगोलिक हिसावमा कार्यभूमिको पनि कानुन पालना गर्दै काम गर्नु पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसईईको प्रश्नपत्र आउट भएको घटनामा एक विद्यार्थी पक्राउ
-
हावाबाट हजारौँ क्षेत्रफलसम्म फैलने ‘टीटीकेटीटी’ रोग : गहुँ बालीलाई कसरी जोगाउने ?
-
आईपीएलमा आज : नौ वर्षपछि घरेलु मैदानमा कोलकातालाई हराउने धुनमा बैंगलुरु
-
घान्द्रुकमा पर्यटन महोत्सव हुने, घोडा दौडाउने प्रतियोगिता
-
आगामी आर्थिक वर्षको कर नीतिका लागि सुझाव माग
-
प्रदेश भागबन्डामा कुनै सहमति भएको छैन : प्रवक्ता सापकोटा