शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चौथौ दिन पनि खुलेन सरकारी अस्पतालको ओपिडी

सोमबार, २५ चैत २०७५, १३ : १४
सोमबार, २५ चैत २०७५

काठमाडौँ– सरकारी चिकित्सकहरुको आन्दोलन आज चौथो दिनपनि जारी छ । 

जसका कारण दैनिक झण्डै एक लाख सर्वसाधारणले अत्यावास्यक बाहेकका कुनैपनि सेवा सरकारी अस्पतालबाट पाउन सकेका छैनन् ।

कर्मचारी समायोजन गर्दा चिकित्सकहरुलाई संघ अन्तर्गत नै राख्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएका चिकित्सकले आफ्ना माग पुरा नभएसम्म आन्दोलन नरोकिने बताएका छन् । चिकित्सकहरुले सरकारी अस्पतालमा शुक्रबारयता अत्यावाश्यक बाहेकका सेवा बन्द गरेर आन्दोलनरत छन् । चार दिनसम्म पनि आफ्नो मागप्रति सरकारले चासो नदिएको उनीहरुको भनाई छ । 

सरकारी चिकित्सकहरूले आन्दोलन अवधिभरको तलब भत्ता नलिने घोषणा गरिसकेका छन् । देशभर करिब १४ सय सरकारी चिकित्सक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशमा ८४ वटा जिल्ला अस्पताल, १० अञ्चल अस्पताल, काठमाडौंमा ५ वटा केन्द्रीय अस्पताल, २ क्षेत्रीय र २ वटा उपक्षेत्रीय अस्पताल रहेका छन् । मुलुकमा १५ हजार चिकित्सक अपुग भइरहेका बेला भएका चिकित्सकहरु नै आन्दोलनमा उत्रिएपछि स्वास्थ्य क्षेत्र यो वा त्यो बहानामा अस्तव्यस्त बन्दै जान थालेको गुनासो बढ्न पुगेको छ । 

कर्मचारी समायोजन अध्यादेशप्रति असन्तुष्टि जनाउँदै सरकारी डाक्टरहरुले पुष २२ देखि आन्दोलन थालेपनि त्यो विचमा सरकारले माग सम्बोधन गर्ने आश्वसन दिएपछि आन्दोलन स्थगन गरेका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी चिकित्सकको माग सम्बोधन गर्न स्वास्थ्य ऐन नै शंशोधन गर्नुपर्ने भएकाले आफुले केही गर्न नसक्ने बताउदै आएको छ । 

मन्त्रालयका प्रवक्ता डाक्टर महेन्द्र श्रेष्ठले चिकित्सकको माग सम्बोधनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग छलफल भइरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप