बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सन् २०१९ मा खोलिने सबैभन्दा रोमाञ्चक विमानस्थल, ७ मध्य ४ एशियामा

मङ्गलबार, २६ चैत २०७५, १० : ५३
मङ्गलबार, २६ चैत २०७५

अधिकांश मानिसहरु आफूलाई काम नपर्दासम्म एयरपोर्ट जाँदैनन् । तर यो वर्ष यस्ता नयाँ हवाई अड्डा बन्दै छन् जसले तपाईंलाई फरक महसुस गराउन सक्छ ।

यहाँ सन् २०१९ मा खुल्न लागेको नयाँ र विस्तारित एयरपोर्टहरुको सूची छ ः

१.इलन–असफ रामोन अन्तर्राष्ट्रिय विमानस्थल–इजरायल

मरुभुमिले घेरेको ‘मोर्डनिष्ट’ संरचनायुक्त यस विमानस्थल निर्माण गर्न ४७ करोड ३५ लाख डलर खर्च भएको छ । 

सिसाको प्यानलसहितको हल्का उठेको, ‘मिनिमालिस्ट’ भवनको बनावट हवाई यात्रामा ‘भविष्यावादी प्रकृति’ सम्झना दिलाउने खालको रहेको एयरपोर्टका डिजाइन म्यानेजर आर्किटेक्ट अमिर म्यानले बताए ।

एलटबाट १८ किमी टाढा रहेको र १,२५० एकड भूभागमा फैलिएको विमानस्थललाई इलन रामोन र उनको छोरा असफ रामोनको नाम दिइएको छ । इलन इजरायलका प्रथम अन्तरिक्षयात्री हुन् भने अफल इजरायी एयर फोर्सका पाइलट थिए ।

यस विमानस्थलबाट वार्षिक २० लाख यात्रुहरु आवतजावत गर्ने र भविष्यमा विस्तार गरेर लगभग वार्षिक ४२.५लाख यात्रुहरुको आवतजावत हुन सक्ने गरि निर्माण गर्ने योजना छ ।

विमानस्थलस्थल रहेको क्षेत्रमा दिनको तापक्रम ४५ डिग्री सेल्सीयससम्म जाने र रातमा ह्वात्तै घट्ने हुन्छ । डिजाइनरहरुले यस विमानस्थललाई यस्तो तापक्रमको उतार–चढावलाई समेत अनुकुल हुने गरी निर्माण गरेको बताएका छन् ।

विमानस्थलले सन् २०१९ जनवरी २१ मा सेवा दिन थालेको छ । इजरायली मिडियाहरुले विमानस्थल वरिपरिको सुरक्षा व्यवस्था निक्कै उच्च हुने जानकारी दिएका छन् ।

२.सिङ्गापुर च्याङ्गी विमानस्थल–सिङ्गापुर

लामो समयदेखि पखाईमा रहेको सिङ्गापुरको च्याङ्गी विमानस्थलको विस्तार अन्ततः सन् २०१९ अप्रिलमा खुल्ने भएको छ । विस्तारित भागलाई ‘जुअल च्याङ्गी(गहना च्याङ्गी)’ नाम दिइएको छ । 

प्रयोगमा आउन थालेपछि ‘जुअल च्याङ्गी’ विधमान विमानस्थलको केन्द्रीय हिस्सा हुनेछ । यसले विमानस्थलको ३ टर्मिनललाई जोड्नेछ ।

यसलाई आर्किटेक्ट मोस साफडाईले डिजाइन गरिएका हुन् । यसमा सिसा प्यानलयुक्त, डूनोट अकारको भवनसहित विशाल १४ लाख वर्ग फिटमा फैलिएको संरचना हुनेछ ।

विमानस्थल निर्माण खर्च १ अर्ब २५ करोड अमेरिकी डलर पुगेको रिपोर्ट छ ।

यसको मुख्य आकर्षण भनेको ‘रेन भोर्टेक्स’ नाम दिइएको आन्तरिक झरना हो । यो विश्वको सबैभन्दा अग्लो आन्तरिक झरना हो र यसलाई हरियाली बनाइएको छ ।

यस वनस्पतियुक्त डिजाइनले सिङ्गापुरको ‘वगैंचाले भरिएको सहर’ पहिचानलाई संकेत गर्न खोजेको छ ।

३.इस्तानबुल एयरपोर्ट –टर्की

हुनत इस्तानबुल एयरपोर्ट आधिकारिक रुपमा अघिल्लो वर्ष अक्टोबर २९ मा खोलिएको हो । तर अझै पनि यहाँ केही टर्किस एयरलाईनको थोरै संख्याका उडानमात्र अवतरण भइरहेका छन् ।

तथापी यो वर्ष यसमा व्यापक बृद्धि हुँदैछ । विस्तारै सहरकै अर्को विमानस्थल अतातुर्क विमानस्थलका जहाजहरु यहाँ पठाइन लागेको छ । अप्रिल ७ बाट अतातुर्क विमानस्थलको हवाई ट्राफिकको ७०–८०% जहाजहरु यहाँ उड््न थालेको अधिकारीहरुले बताए ।

इस्तानबुल एयरपोर्ट प्रारम्भमा नै विभिन्न चरणमा खोल्ने योजना बनाइएको थियो । विमानस्थल पूर्ण प्रयोग नभए पनि यसको ‘ट्यूलिप फूल’ आकारको कन्ट्रोल टावर र असाधरण डिजाइनका कारण यसले सन् २०१६ को विश्व आर्किटेक्चरल महोत्सवमा ‘भावि परियोजना–पूर्वाधार’ शिर्षकमा प्रथम पुरस्कार पाएको थियो ।

४.कारलाईल लेक डिस्ट्रिक्ट एयरपोर्ट–इङ्ल्याण्ड

लेक डिक्ट्रिक्ट पार्क क्षेत्रलाई संयुक्त अधिराज्यभरी कै चट्टानी क्षेत्र मानिन्छ । सोही क्षेत्रमा सन् २०१९को गृष्ममा एक प्रतिष्ठित विमानस्थलले कामकारबाही सुरु गर्दैछ ।

विगतमा निर्माणमा कयैन पटक भएको ढिलाईले विमानस्थल समयमै सुरु हुनेबारेमा प्रश्न नउठेका होइनन् । तर पनि गृष्म उडानको लागि अहिलेबाट बुकिङ खोलिइसकेको छ ।

५.मुरसिया–कोरभेरा विमानस्थल–स्पेन

स्पेनको मुरसिया–कोरभेरा विमानस्थल सन् २०१९ जनवरीमा खुल्यो । अब त्यो क्षेत्रका सम्पूर्ण व्यवसायीक जहाजहरु त्यहाँ अवतरण गराइदैंछ ।

नयाँ हब स्पेनका राजा फेलिप छैटौँले उद्घाटन गरेका हुन् । यो विमानस्थल ५६ करोड अमेरिकी डलरको खर्चमा निर्माण गरिएको हो । यो मुर्सिया र कारटेगेना बीचमा छ । विमानस्थल सडकमार्ग सञ्जालमा जोडिएको छ र नजिकका रिजोर्टसम्म राम्रो पहुँचमा छ ।

६.लुई आर्मस्ट्रोङ न्यू ओर्लियन्स इन्टरनेशनल एयरपोर्ट–अमेरिका

लामो प्रतिक्षापछि यही वर्ष खुल्ने समय तालिकामा भएको अर्को विमानस्थल हो –न्यू ओर्लियन्सको विमानस्थलको विस्तार । लुई आर्मस्ट्रङ इन्टरनेशनल एयरपोर्ट मे महिनामा खुल्दैछ । यसमा विशाल अत्याधुनिक टर्मिनल निर्माण गरिएको छ ।

यो १ अर्ब अमेरिकी डलरको विशाल खर्चमा निर्माण भएको हो । यसले पहिले देखि कायम विमानस्थललाई पुनरताजगी गर्ने बताइएको छ ।

७.बेईजिङ–दाछिङ अन्तर्राष्ट्रिय विमानस्थल–चीन

बेइजिङमा बन्न लागेको नयाँ विमानस्थल विश्वकै ठूलो र व्यस्त विमानस्थल हुने आस गरिएको छ । यसमा निर्माण गर्न लागिएको यात्रु टर्मिनल हालसम्मकै ठूलो हुनेछ ।

जुलाईमा निर्माण सम्पन्न भएर सेप्टेम्बरमा सेवा दिने आस गरिएको यस विमानस्थलको पूर्ण निर्माण सकिँदा ७ धावन मार्ग हुनेछन् । यस विमानस्थललाई वार्षिक ६.२ लाख उडान र १० करोड यात्रु थेग्ने लक्ष्यका साथ निर्माण गरिदैंछ ।

बेइजिङको बाहिरी भागमा बनाइएको यस विमानस्थलका यात्रुहरुलाई सहरसम्म ल्याउनको लागि हाईस्पीड रेलमार्ग तथा सडकमार्ग समेत निर्माण भइरहेको छ ।

सिएनएनबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप