शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नक्कले, चटपटे केटा मलाई मन पर्दैन– अभिनेत्री रेखा

शुक्रबार, ०२ असार २०७४, १२ : २८
शुक्रबार, ०२ असार २०७४

आजबाट प्रदर्शनमा आएको चलचित्र ‘तारेभीर’की अभिनेत्री रेखा फागो । दर्जनभन्दा बढी म्युजिक भिडियो अभिनयको अनुभवसहित चलचित्रतिर होमिएकी उनको तारेभीर डेब्यु चलचित्र हो । तर चलचित्रमा आफूले उत्कृष्ट काम गरेको उनले बताउँदै आएकी छन् । कलेज गर्लको भूमिका निर्वाह गरेकी उनले चलचित्रभित्र आफ्नो एक्सन र इनोसेन्ट दुवै खालको भूमिका रहेको सुनाइन् । सानैदेखि अभिनेत्री बन्ने रहर पालेकी उनीसँग सौन्दर्य प्रतियोगिताको अनुभव पनि छ । एक सौदर्य प्रतियोगितामा उनी टप १० भित्र पर्नसमेत सफल भएकी थिइन् । कलाकारिताको अलवा फेसन व्यवसाय पनि आफूलाई अगाडि लैजाँदै गरेकी रेखालाई रातोपाटीको दस प्रश्न ।

सौन्दर्यमा कतिको सौखिन हुनुहुन्छ ?
–महिला भएका कारणले यसमा सौखभन्दा पनि ध्यान दिनुपर्ने हुन्छ । त्यस्तै ३०–४० मिनेट जति मेकअपमा समय लाग्छ । क्रिम, पाउडर, गाजल, लोसनलगायत मेरा नियमित प्रयोग हुने मेकअपका साधन हुन् ।

फेसनमा कतिको इन्ट्रेस्ट छ ? 
– फेसनप्रति धेरै इन्ट्रस्ट छ । अरुले भन्दा फरक, आफूलाई म्याच गर्ने ड्रेस फेरिफेरि लगाउन मन लाग्छ । नर्मल समयमा क्यजुअल ड्रेस लगाउँछु । पाइन्ट र टिसर्टमा आफूलाई कम्फट फिल गर्छु । वान पिस, स्कटलगायतका ड्रेस सबै मनपर्छ । मेरो बडिसेल राम्रो भएकाले फिटिङ ड्रेसमा राम्रो देखिन्छ । 

फिटनेसतिर कतिको ध्यान छ ?
– अहिले त्यति ध्यान दिन पाएकी छैन । एक वर्ष अगाडि तेक्वान्डो क्लास लिएको थिएँ । त्यति बेला चलचित्र अभिनयका लागि पनि तालिम अनिवार्य थियो । किक हान्नदेखि सबै फाइट पनि सिकेँ । मलाई सबैभन्दा बढी बटरफ्लाई किक मनपर्छ । उडेर हान्दा अझै मज्जा आउँछ ।

आवारागिरीको अनुभव पनि छ कि ?
– स्कुल लाइफमा धेरै आवारागिरी गर्थें । म सानोदेखि नै फरवार्ड थिएँ । त्यसैले मेरा केटीभन्दा केटा साथीहरु धेरै थिए । उनीहरुको सङ्गतले म सानैदेखि र्याप हान्दै हिँड्थे । छोरी बिग्रन लागि भनेर परिवारले फेरि स्कुल चेन्ज गरिदिएँ । 
 
कस्तो खानेकुरा मनपर्छ ?
–मलाई गुलियो ज्यादै मनपर्छ । केक र बटर भएका खानेकुरा धेरै खान्छु । म फुडी टाइपको पनि छु । 

कस्तो केटा मनपर्छ ?
सिम्पल, सिम्पल । सिम्पल होस् । लुक्स पनि सिम्पल होस् । सोझो खालको केटा देखे भने आफै इम्प्रेस्ट हुन्छु । त्यस्ता केटाले मलाई लोभ्याउछन् । टिकटप, नक्कले, चटपटे केटा मलाई मन पर्दैन ।

पहिलो प्रेमपत्र कहिले आयो ?
– सानैमा स्कुल पढ्दा धेरैले आई लभ यु भने । आई लभ यु भन्ने केटाहरुकै बानी त हो नि । त्यतिबेला ग्रिटिङ कार्डमा लेखेर दिन्थे । एक कक्षामा पढ्दा एक केटाले आई लभ यु लेखेर कार्ड दिएको थियो । त्यो बेला त्यसको मिनिङ नै मलाई थिएन । मलाई एकसाथ दुई केटाले त्यस्तो कार्ड दिएका थिए । मैले फ्यामेलिलाई देखाएँ । म भर्खर १६, १७ वर्षकी थिएँ । ती व्यक्तिलाई म चिन्दिनँ । ती व्यक्तिले मायाले भरिएको लेटर र गिफ्ट दिएका थिए । त्यो लेटर अहिले पढ्दा पनि विचरा धेरै माया गर्दाे रहेछ भन्ने लाग्छ । 

सपना पनि छन् कि ?  
– सपना त धेरै छन् । कलाकारितामा जम्ने, नाम, दाम कमाएर देश विदेशमा चिनिने सपना मनमा पालेकी छु । स्वच्छ र शुद्ध खालको नाम कमाउने इच्छा छ । 

कस्ती खालकी केटी तपाईं ?
– म सबैखालका मानिससँग एड्जस हुन सक्ने केटी हुँ । मेरा साथीहरु सबै खालका छन् । म जस्तो ठाउँमा पनि फिट हुनसक्छु ।

कस्तो डेट मनपर्छ ?
अहिलेसम्म कुनै पनि प्रकारको डेट गरेकी छैन । त्यसैले यस्तो उस्तो भन्न सक्दिनँ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप