केन्द्रीय संस्करण

सिन्धुपाल्चोकमा विद्युतीय पुस्तकालय निर्माण गरिँदै

person explore access_timeचैत २७, २०७५ chat_bubble_outline0

काठमाडौं–  जान्वी फाउण्डेशनले सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका ६ स्थित टेकानपुरको कालिका माविमा २ कोठ भवन सहित अत्याधुनिक विद्युतीय पुस्तकालय निर्माण कार्यको थालनी गरेको छ । 

क्षेत्री समाज युकेले जुटाएको १७ लाखकाे सहयोगमा सो पुस्तकालय निर्माण गर्न लागिएको हो । 

फाउण्डेसनकी अध्यक्ष तथा नायिका जान्वी बोहाराले  विद्यार्थीको शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यका साथ विद्युतीय पुस्तकाल निर्माण गर्न लागिएको जानकारी दिइन् । 
उनले रकम जुटाउनका लागि पहल गर्ने  एनआरएन केन्द्रीय सदस्य तथा समाजका सल्लाहकार रामशरण सिम्खडा, क्षेत्री समाज बेलायतका अध्यक्ष  राजन क्षेत्री, महासचिव कुमार केसीलगायतलाई धन्यवाद समेत व्यक्त गरेकी छिन्। समाजले कवि नवराज पराजुलीलाई बेलायत बोलाइ कविता कन्सर्ट गरेर सो रकम संकलन गरेको थियो । 

 शिलान्यास समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण बोहरा र प्रधानायापक ऋषीराम पौडेललगायतको सहभागिता रहेको थियो । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.