शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वीर अस्पतालमा प्रहरी लगाएर ओपीडी टिकट बाँडियो

बुधबार, २७ चैत २०७५, १० : ३४
बुधबार, २७ चैत २०७५

वीर अस्पताल प्रशासनले प्रहरी लगाएर ओपीडी टिकट बाँडेको छ । चिकित्सकहरुले ओपीडी सेवा बन्द गरेको छैठौँ दिन बुधबार बिहानबाट प्रशासनले प्रहरीको सहयोगमा ओपीडीको टिकट खुलाएको हो ।

अस्पताल प्रशासनले ओपीडी टिकट काटेपनि चिकित्सकहरुले भने उपचारमा नजाने बताएका छन् ।

बुधबार बिहान ६ बजेबाट ओपीडी टिकट खुला गरिएपनि ४ बिहान १० बजेसम्म ३०७ वटा ओपीडी टिकट काटिएको छ ।

कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै गत शुक्रबारबाट देशभरका सरकारी चिकित्सकहरुले अत्यावास्यक बाहेकका सेवा अवरुद्ध गरेर आन्दोलनलाई जारी राखेका छन् ।

सरकारी चिकित्सकहरुले आफुहरुलाई समायोजन गर्दा संघ अन्तर्गत नै राख्नुपर्ने मुख्य माग अघि सारेका छन् ।

यसैबीच संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारी चिकित्सकहरुका माग जायज नभएको बताएका छन् ।

उनले संविधानअनुसार चिकित्सकहरुको समायोजन गर्न लागिएको भन्दै उनीहरुका मागप्रति सरकारले वार्ता गर्न जरुरी नभएको प्रस्ट पारेका छन् ।

यता, मन्त्री पण्डितले चिकित्सकहरुले अटेर गरेर सेवा अवरुद्ध गरिरहे सरकार कारवाही गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

उता डाक्टरहरु भने आफ्ना माग पुरा नभए सामुहिक राजीनामा बुझाउने भन्दै राजीनामा संकलन गर्न थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप