रातो मच्छिन्द्रनाथको रथ बनाउन शुरु
सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्राका लागि रथ बनाउने तयारी शुरु भएको छ ।
रथ बनाउनका लागि आवश्यक सबै काठ, बेतबाँस जुटिसकेको छ भने आवश्यक सामग्री बनाइरहेको छ । मच्छिन्द्रनाथको जात्रा सम्पन्न गर्नका लागि धेरै समुदायको सहभागिता हुन्छ ।
काठ काट्ने, काठबाट आवश्यक सामग्री बनाउने र रथ बनाउने काम फरक–फरक जातिको हुने गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले बताउनुभयो । काठ काट्ने जिम्मेवारी पाएका बोसी समुदायले काटेर ल्याइसकेको उहाँले बताउनुभयो । बाराही आवश्यक सामग्री निर्माणमा जुटिसकेका छन् । ञँवालले केही दिनपछि नै पाङ्ग्रा, धमालगायतका भाग कस्ने, बाँध्ने काम गर्ने उहाँले बताउनुभयो ।
यो वर्ष रथ निर्माणका लागि थोरै मात्रै काठ ल्याइएको कार्यालयले जनाएको छ । गत वर्ष एक वर्षलाई आवश्यकभन्दा धेरै काठ ल्याइएको थियो ।
उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रातो मच्छिन्द्रनाथको जात्रा रहेको छ । मच्छिन्द्रनाथलाई छ महीना बुङ्गमती र छ महीना पाटनमा राखिन्छ ।
वर्षेनी पाटनमा हुँदा विभिन्न जात्रा र पर्वहरु हुने गर्छ भने १२ वर्षमा एक पटक बुङ्गमतीमा समेत भव्यरूपमा जात्रा मनाइन्छ । जात्रा मनाउनका लागि वर्षभरि नै विभिन्न कामहरु भइरहने कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी बोर्डद्वारा ह्वासिन सिमेन्टको लागि ६ अर्ब ६३ करोड ४० लाख रुपैयाँ थप लगानी स्वीकृत
-
जनआन्दोलनका दमनकारीलाई कारबाही नहुँदा पूर्वराजा ज्ञानेन्द्रदेखि विपी पुत्र कोइरालासम्मलाई हाइसञ्चो
-
कतारी राजा शेखको डिनर सोल्टीमा, लन्च द्वारिकामा
-
त्रिविमा तथ्याङ्क विश्लेषण र वैज्ञानिक लेखनसम्बन्धी तालिम
-
केजरीवाललाई जेलमा पहिलो पटक इन्सुलिन दिइयो
-
डीडी न्यूजको लोगो परिवर्तन भएपछि...