शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महाभूकम्पको कथामा फिल्म ‘कालो वर्ष’

बुधबार, २७ चैत २०७५, १२ : ३८
बुधबार, २७ चैत २०७५

काठमाडौं – बर्ष ०७२ मा गएको विनाशकारी महाभूकम्पका कारण एक परिवारमा परेको समस्याको बिषयमा निर्माण भएको फिल्म ‘कालो वर्ष’को टिजर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच पत्रकार र कलाकारको उपस्थितिमा टिजर सार्वजनिक गरिएको हो । 

१३ बैशाख रिलिज मिति तोकिएको यो फिल्म लक्षु गौतमले निर्देशन गरेकी हुन् । लक्षुले यस अगाडि ‘त म र ऊ’को निर्देशन गरेकी थिइन् 

भूकम्पपछि के–कस्ता घटना भए त्यो सबै फिल्मले देखाउने निर्देशक लक्षुले बताइन् । भूकम्पपछि थुप्रै युवा विदेश पलायन भए । बलात्कारका, चेलीबेटी बेचबिखन लगायतका घटना घटे यी सबै  बिषय फिल्ममा अटेको उनको भनाइ रहेको छ । 

ओकेश पनेरु, अनुपा खड्का, पवन भट्टराई, सुरेन्द्र बुढा, रश्मी शाह, रविन भुलेज लगायतका कलाकारको अभिनय रहेको फिल्ममा रामेश्वर हुमागाइँको छायाँकन छ ।  फिल्म योगेन्द्र प्रसाद पनेरु, राम खड्का र श्याम खड्काले मिलेर बनाएका हुन् । रिच इन्टरटेनमेन्टका करण श्रेष्ठले यसको बितरण जिम्मा लिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप