शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आम्दा अस्पतालमा बालक मृत्यु प्रकरण: नर्समाथि हातपात भएको भन्दै स्वास्थ्यकर्मी नै आन्दोलित

बुधबार, २७ चैत २०७५, १९ : २३
बुधबार, २७ चैत २०७५

रुपन्देही– सोमबार साँझ उपचारका क्रममा मृत्यु भएका बच्चाको विषयलाई लिएर आम्दा अस्पतालमा फेरि लफडा भएको छ । बुुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा)मा उपचारको क्रममा बुुटवल उपमहानगरपालिका ११ का नारायण दर्लामीका दश महिनाका छोरा ओमको मृत्युु भएपछि पीडित परिवार आन्दोलित छन् ।  शव नउठाई क्षतिपूर्ति दिनुपर्ने माग राख्लै हिजो विहानैबाट अस्पताललाई दवाव दिँदै आएका आफन्तहरुसँग राती तीन बुँद्धे सहमति भएको थियो ।

आज दिउँसो एक बजेपछि फेरि सोही घटनामा नर्समाथि हातपात भएको भन्दै स्वास्थकर्मीहरुले आकस्मिक बाहेकका सेवा बन्द गरिदिएका छन् । आज  दिउँसो १ बजेदेखि अस्पतालमा आकस्मिक बाहेका सेवा बन्द भएका छन् ।

अस्पताल प्रमुख डा.विनोद पराजुलीले स्वास्थ्यकर्मीहरुले दिउँसो एक बजेदेखि इमरजेन्सी बाहेका अन्य काम नगरेको रातोपटीलाई बताए । नर्स ज्ञानु केसीले आफुहरुमाथि ड्युटीमा रहेकै बेला हातपात भएकोले असुरक्षित महसुस गर्दै आन्दोलन गर्नुपरेको दावी गरिन् ।

यस्तो थियो बालक मृत्युप्रकरण 
बुटवल सुख्खानगरका नारायण दर्लामीले १० महिने छोरा (ओम दर्लामी)को उपचारका लागि सोमबार साँझ सवा ७ बजे आम्दामा भर्ना गराएका थिए । उपचारका क्रममा एक घण्टापछि ८ः२० मा उनको मृत्यु भएको थियो । त्यसलगत्तै स्वास्थ्यकर्मीको लापरवाहीका कारण आफ्नो बच्चाको ज्यान गएको भन्दै आफन्तले अस्पतालमा आन्दोलन गरे ।

उनीहरुको आन्दोलनपछि अस्पताल प्रशासन र आफन्त बीच वार्ता भयो । वार्ताबाट दर्लामीका दुई छोरीलाई १० कक्षासम्म अस्पतालले निःशुल्क पढाइदिने, बुवा–आमा र दुई छोरीको उपचार अस्पतालले निशुल्क गर्ने, छोरीहरुको योग्यता पुगेपछि अस्पतालले रोजगारीका लागि प्राथमिकता दिने सहमति भएको थियो ।

सोही सहमतिमा असन्तुष्टि व्यक्त गर्दै अस्पतालमा कार्यरत नर्स लगायतका स्वास्थ्यकर्मीहरुले आन्दोलन सुरु गरेका हुन् । अस्पतालमा कार्यरत नर्स ज्ञानु केसीले स्वास्थ्यकर्मीको लापरवाही देखाएर गरिएको सहमतिमा आफ्नो सहमति नभएको बताइन् । उनले सो सहमतिप्रति आपत्ति जनाउँदै बिरामीको आमाले नर्सलाई हातपत गरेको अरोप समेत लगाइन् ।  

हातपातको बिषय हिजो किन ओझेलमा 

स्वास्थ्यकर्मीहरुका अनुसार बच्चाको मृत्यु भएपछि बच्चाका आमाले उपचारमा रहेकी नर्सलाई हातपात गरिकी हुन् । अस्पतालमा ल्याएर भर्ना गर्दा बच्चाको स्वासप्रश्वासमा समस्या भएको र आफूले चिकित्सककै सल्लाहअनुसार उपचार गरिरहेको उनले नाम नलेखिदिने शर्तमा बताइन् । उनले सो विषयमा डाक्टरलाई पनि जानकारी गराएको बताइन् । 

नर्सहरुका अनुसार बिरामी मृत्यु हुने बेलासम्म ३ जना डाक्टरकै निगरानीमा थियो । बच्चालाई ल्याडिन्जाईसिस (नाकबाट फोक्सोसम्मको स्वासप्रश्वास नली ‘ल्याडीस’मा संक्रमण) भएपछि आफन्तले उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याएका थिए ।

केस सिरियस भएको भन्दै लुम्बिनीले युसिएमएस रिफर गर्यो तर आफन्तले भैरहवाको एक क्लिनिकमा देखाए । त्यो क्लिनिकबाट पनि आम्दा जान भनियो तर आफन्तले बुटवलको तिलोत्तमा अस्पतालमा डा.सन्तोष पोखरेललाई देखाए । यद्यपि, डा.पोख्रेलले आम्दामा भर्ना गराएका थिए । डा. सन्तोषको प्रेप्किप्सनले पनि बिरामीको अवस्था सिरियस देखाएको नर्सहरुले बताएका छन् ।

आफूहरुको प्रयास सधै बचाउनका लागि हुने भन्दै अस्पतालकी मेट्रोन सुशिला विश्वकर्माले बिरामीका आफन्तले स्वास्थ्यकर्मीमाथि लगाएका सबै आरोपहरु निराधार भएको बताइन् । 

मृतक बच्चाका आपन्तले उपचारमा रहेका नर्सहरुलाई जहाँ देख्यो त्यही मार्दिन्छु भन्नेसम्मका धम्की दिएका कारण आफुहरु असुरिक्षत भएको नर्सहरुले आरोप लगाएका छन् ।  स्वास्थ्यकर्मीमाथि आरोपित गरेर गरिएको सहमति आफूहरुलाई स्वीकार्य नभएकाले उक्त सहमति खारेज गर्नुपर्ने माग सहित आन्दोलित भएको उनीहरुले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप