शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जमानत लिएर जेल बाहिर आए चोर, पुलिस पार्किङमा चोरीको कोसिस पछि पुनः पक्राउ

बिहीबार, २८ चैत २०७५, ०८ : ५०
बिहीबार, २८ चैत २०७५

अमेरिकाको फ्लोरिडामा पुलिसले एक व्यक्तिलाई जमानत दिएको केही समयपछि पुनः चोरीको कोसिसमा पक्राउ गरिएको छ । ती व्यक्तिले पुलिस स्टेशन बाहिर आएपछि पुलिसकै पार्किङबाट कार चोर्ने कोसिस गरे । पुलिसका अनुसार दोस्रो पटक गिरफ्तारीपछि चोरले पुनः जमानत लिनुपर्यो ।

कार चोरी गरेकाले पहिले पनि गएका थिए जेलः

सेन्ट लूसी काउन्टी शेरिफ अफिसका एक अधिकारीका अनुसार माइकल केसी लुईस (३४) लाई ठूलो र महँगो कारको चोरीका लागि जेल पठाइएको थियो । जमानत लिएपछि उनी जेलमा चुरोट नदिएका कारण रिसले चिच्याइरहेका थिए ।  

उनी स्टेशन बाहिर गएपछि जब पुलिसले केही आवाज सुने तब कर्मचारी बाहिर निस्किए । त्यहाँ उनीहरुले लुईसलाई कारको सिसा तोडेको र ढोकाको ह्यान्डल तानिरहेको देखे । भिडियो रेकर्डिङमा पुलिस त्यहाँ पुग्नु अघि उनलाई दुई मिनेटका लागि ड्राइभर सीटमा बसेको पनि देख्न सकिन्छ ।

दोस्रोपटक लिनु पर्यो जमानतः

लुईसले केही कारबाट सामान पनि निकालेका थिए । यसमा चुरोटको प्याकेट, आइफोन सेभेन, डेबिट कार्ड, लाइटर, फ्लोरिडाको ड्राइभिङ लाइसेन्स र ५४७ डलर क्यास समावेश थिए । त्यसपछि जब पुलिसले उनलाई पार्किङमा नै सवालजवाफ गरे तब उनले प्रेमिकालाई भेट्न त्यहाँ गएको बताए ।

यद्यपि, कुराकानीकै क्रममा पुलिसले उनको खल्तीमा चुरोट देखे जुन जेलमा पूर्ण रुपमा प्रतिबन्ध छ । त्यसपछि पुलिसले लुईसलाई पुनः हिरासतमा लिए ।

यद्यपि, पछि उनले पुनः ११ हजार दुई सय पचास डलरमा जमानत लिए । एक फेसबुक पोस्टमा शेरिफले ठट्टा गर्दै भने, ‘केही मानिसहरुका लागि जेल नराम्रो ठाउँ हो तर कसैका लागि यो घर जस्तै हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप