शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘ए मेरो हजुर ३’ बाट संगीतको भोक मेटाएँः अनमोल केसी

बिहीबार, २८ चैत २०७५, १० : ५४
बिहीबार, २८ चैत २०७५

काठमाडौं – अभिनेता अनमोल केसीले आफ्नो रक स्टार बन्ने इच्छा फिल्म ‘ए मेरो हजुर ३’ले पुर्याएको बताएका छन् । राजधानीमा हालै आयोजित एक कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘म्युजिकल लभ स्टोरी फिल्ममा काम गर्ने तिब्र इच्छा थियो । 

‘ए मेरो हजुर ३’ले इच्छा पुरा गर्यो ।’ फिल्ममा आफ्नो प्रेम नामक गायकको भुमिका रहेको उनले सुनाए ।

कार्यक्रममा अनमोलले यो फिल्म आफ्नो ड्रिम प्रोजेट भएको बताए । उनले थपे ‘अहिलेसम्मका फिल्ममा देखाउन नपाएको म्युजिकल ट्यालेण्ट यसमा देखाएको छु ।’

सांगीतिक प्रेमकथामा बनेको यो फिल्ममा अनमोलले अभिनेत्री तथा फिल्म निर्देशक झरना थापाकी छोरी सुहानासँग रोमान्स गरेका छन् । सुहानाले यसै फिल्मबाट डेब्यु गर्न लागेकी हुन् । 

हुन त अनमोल फिल्ममा मात्र होइन् रियल जीवनमा पनि म्युजिकका पारखी हुन् । अभिनयमा नआएको भए आफु सांगीतिक क्षेत्रमै रमिरहेको हुन्थे भनेर उनले धेरै पटक भनेका छन् ।

स्कूल अध्यायन गर्दा उनको रुचि पढाईमा भन्दा बढी संगीतमा थियो । कक्षा ८ मा  छदा उनले साथीहरुसँग मिलेर ‘एनटिओ सेभेन’ नामको व्याण्ड पनि स्थापना गरेका थिए । जुन व्याण्डमा अनमोल रिदम गितारिष्ट र भोकलिष्ट थिए । यद्यपी अहिले यो व्याण्ड निस्कृय छ ।

त्यतिबेलाको संगीतको भोक फिल्मबाट मेट्न पाएकोमा उनी अहिले निकै खुसी छन् । ‘म्युजिकल स्टार’ले गर्ने सबै क्रियाकलाप मैले फिल्म ‘ए मेरो हजुर ३’मा गरेको छु । यो मेरो लागि नौलो अनुभव रह्यो’ उनले थपे ।
२९ चैत्रबाट प्रदर्शनमा आउने फिल्म निर्देशक झरनाकै श्रीमान् सुनिल कुमार थापाले निर्माण गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप