शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘लभ स्टेशन’को कमाई कति ?

बिहीबार, २८ चैत २०७५, ११ : ००
बिहीबार, २८ चैत २०७५

काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘लभ स्टेशन’ले अहिलेसम्म करिब दुई करोड बढी व्यापार गरेको छ । लभ स्टेशनका प्रस्तुतकर्ता गोविन्द शाहीले ‘लभ स्टेशन’ले अहिलेसम्म २ करोड बढी ब्यवसाय गरेको बताएका छन् । 

फिल्मले शनिबार देखि मंगलबारसम्म व्यापार गोपि, गुण, अष्ट जस्ता हलमा आक्रमक ब्यवसाय गरेको उनको भनाई रहेको छ । हलमा प्रदीप खड्का र जसिता गुरुङको जोडी हेर्न दर्शक आएको शाहीको दाबी छ । 
फिल्मा प्रदीप र जसिताको अलवा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु राना, रश्मि पाण्डेलगायतका कलाकारको अभिनय छ । 

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । उज्वल घिमिरेको निर्देशनमा तयार भएको यो फिल्ममा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । आलोक शुक्लाले छायांकन गरेको फिल्ममा शम्भुजीत बास्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप