बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मिथिलामा आज चैती छठ मनाइँदै

बिहीबार, २८ चैत २०७५, ११ : १३
बिहीबार, २८ चैत २०७५

जनकपुर–मिथिलामा धुमधामका साथ चैती छठ पर्व मनाइँदैछ । 

विधिवतरुपमा मंगलबार देखि शुरु भएको चैती छठ पर्वको तेश्रो दिन आज अस्ताउदो सूर्यलाई अघ्य दिइन्छ भने शुक्रबार विहान पुनः उदाउँदो सूर्यलाई पुन अघ्य दिएपछि सम्पन्न हुनेछ । 

४ दिन सम्म मनाईने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीको दिन खरना पर्व मनाइन्छ ।

खरनाको अवसरमा ब्रतालुहरुले निराहार उपवास बसी साँझपख खष्ठी देवीलाई प्रसाद चढाइ खाने गर्दछन् । प्रसादमा खीर ,केरा, दुध एवम् विभिन्न प्रकारको फलफुल चढाइने गरिन्छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप