शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘मिस नेशनल आइकन’मा १६ सुन्दरी

बिहीबार, २८ चैत २०७५, ११ : १७
बिहीबार, २८ चैत २०७५

काठमाडौं – पहिलो संस्करणको प्रतियोगितामा विजेतालाई कार र उपविजेतालाई स्कुटी पुरस्कार दिएपछि चर्चामा आएको सौन्दर्य प्रतियोगिता ‘मिस नेशनल आइकन’को दोस्रो अडिसनमा १६ प्रतियोगी भिड्ने भएका छन् । 

राजधानीमा आयोजित पहिलो अडिसशनबाट १६ प्रतियोगी फाइनलका लागि छानिएका हुन् । ब्राइट इन्टरटेनमेन्टद्वारा आयोजित १६ देखि २६ वर्ष उमेर समूहका अविवाहित युवतीको सहभागिता रहेको अडिसनमा कोरियोग्राफर रोजिन शाक्य, आयोजक संस्थाका अध्यक्ष तथा गायक धनीराम राईलगायत निर्णायक थिए ।

निर्णायक मण्डलले छनोट गरेका प्रतियोगीहरुलाई अब करिब एक महिना कोरियोग्राफर रोजिन शाक्यले क्याटवाक, खेलकुदसहित विभिन्न आत्मविकासबारे एक महिने प्रशिक्षण दिनेछन् । त्यसपछि प्रतियोगीहरु फाइनलमा भिड्नेछन् ।

आयोजक संस्था ब्राइट ईन्टरटेन्मेन्टका अध्यक्ष तथा संगीकार समेत रहेका राईका अनुसार यसपटक पहिलो संस्करणमा भन्दा आकर्षक पुरस्कार राखिएका छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप