शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गणपति माइक्रोफाइनान्सको आईपीओ बैशाख ९ देखि, १५ सय कित्तासम्मका लागि आवेदन दिन सकिने

बिहीबार, २८ चैत २०७५, १२ : ३०
बिहीबार, २८ चैत २०७५

काठमाडौं–गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको आइपीओ बैशाख ९ गतेदेखि विक्री खुला हुने भएको छ  ।

 प्रतिकित्ता सय रुपैयाँदरका ३ लाख ३५ हजार कित्ता आइपिओ बिक्रि खुला हुनेछ ।  यसमध्ये ५ हजार १ सय ७५ कित्ता कर्मचारी र १६ हजार ७५० कित्ता सामुहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको ३ लाख १३ हजार ७५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले न्युनतम १० कित्ता देखि अधिकतम १५ सय कित्तासम्मका लागि आवेदन दिन सिक्नेछन् ।

यो आइपिओमा बैशाख १२ गतेसम्म आवेदन दिन सकिनेछ । सो समयमा पर्याप्त आवेदन नपरेको अवस्थामा भने  जेठ ७ गतेसम्म भर्न सकिनेछ । यस आइपिओको विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले गर्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप