बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गर्भनिरोधक औषधिसँग जोडिएका भ्रम, यसको प्रयोगले साँच्चै बाँझोपन हुन्छ त ?

बिहीबार, २८ चैत २०७५, १३ : ३०
बिहीबार, २८ चैत २०७५

एजेन्सी – असुरक्षित शारीरिक सम्बन्ध राखिसकेपछि बच्चा जन्माउन नचाहाने महिलाहरु गर्भनिरोधक औषधिको प्रयोग गर्ने गर्छन् । गर्भवती हुनबाट बच्नको लागि प्रयोग गरिने विभिन्न औषधिमध्ये गर्भनिरोधक चक्की निकै प्रचलनमा छ । यस्तै, धेरै महिलाहरु गर्भनिरोधक चक्कीको सेवन गर्न डराउँछन् । यो औषधिसम्बन्धी समाजमा व्याप्त विभिन्न प्रकारका भ्रमका कारण महिलाहरु यसको प्रयोग गर्न चाहादैनन् । 

समाजमा यस्ता औषधिलाई लिएर फरक –फरक धारणा पाइन्छ । जस्तैः गर्भनिरोधक औषधिको प्रयोग गरेमा मोटोपना, हर्मोनसम्बन्धी समस्या, महिनावारीसम्बन्धी गडबडी जस्ता समस्याहरु आउँछ भन्ने सोचका कारण महिलाहरु यसको सेवन गर्न इन्कार गर्छन् । 

गलत धारणा
हरेक चीजको फाइदा र नोक्सान दुवै हुन्छ । यस्ता औषधिहरुसँग जोडिएका फरक–फरक धारणाहरु हुन्छन् । स्वास्थको दृष्टिले सही वा गलत भन्ने कुरा व्यक्तिमा भर पर्ने भएकाले तपाईंको यस्ता औषधिको प्रयोग गर्नुभन्दा पहिले चिकित्सकको सल्लाह लिनु आवश्यक छ । 

मोटोपन
गर्भनिरोधक औषधि वा अन्य औषधिहरुले मोटोपन बढाउने वा नबढाउने भन्ने कुरा यसमा भएको हर्मोनमा निर्भर गर्छ । हरेक मानिसको शारीरिक बनावट फरक–फरक भएजस्तै हर्मोनको मात्रा पनि फरक–फरक हुन्छ । त्यसैले यसको सेवनले शरीरमा तौल बढ्ने वा नबढ्ने पनि मानिसको शारीरिक बनावटमा निर्भर गर्ने भएकाले यसको सेवन गर्नुपूर्व डाक्टरको सल्लाह लिनु आवश्यक छ । 

बाँझोपन 
हरेक महिलाको एउटै चिन्ताको विषय हो बाँझोपन । धेरैमा यहि विश्वास छ कि गर्भनिरोधक औषधिको सेवनले बाँझोपन निम्तिन्छ । तर, ३० वर्षभन्दा कम उमेरका महिलामा बाँझोपन आउनुमा गर्भनिरोधक औषधिको प्रयोग भन्दा पनि अन्य शारीरिक समस्या हो । उमेर बढ्दै जाँदा गर्भधारण गर्न समस्या आउँने डाक्टरहरु बताउँछन् ।

क्यान्सर 
गर्भनिरोधक औषधिको प्रयोगले क्यान्सर हुन्छ र यसले भविष्यमा गर्भधारण गर्न समस्या गर्छ । यो मानिसमा फैलिएको भ्रम मात्र भएको डाक्टरहरु बताउँछन् । 

गर्भपतन
गर्भधारण गरिसकेका महिलाहरुले गर्भनिरोधक औषधिको सेवन गरेमा गर्भपतन हुन्छ भन्ने धारण रहेको छ । वास्तवमा गर्भवती भइसकेकी महिलाले यस्ता औषधिको सेवन गरेपनि यसले कुनै पनि प्रकारको असर गर्दैन । 

गर्भनिरोध औषधिको बारेमा जति भ्रम र यथार्थ भएपनि यसको सेवन गर्नुपूर्व हरेक महिलाले डाक्टरको सल्लाह लिन अत्यावश्यक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप