बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मुकेश अम्बानीका छोरा अनन्तले १८ महिनामै कसरी घटाए १०८ किलो तौल ?

बिहीबार, २८ चैत २०७५, १४ : १५
बिहीबार, २८ चैत २०७५

एजेन्सी – व्यवसायी तथा एसियाकै धनि मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानीले १८ महिनामै १०८ किलो तौल घटाएका छन् । सन् १९९५ मा जन्मिएका अनन्तको तौल ५ वर्ष पहिले १७५ किलो थियो ।

अत्याधिक माटोपनको कारण ट्रोलको सिकार भइरहने अनन्त अम्बानी अहिले २४ वर्षमा मात्रै छन् ।

अनन्त लामो समयसम्म दमको रोगी थिए । उनले ‘हाइ डोज’ को औषधि सेवन गर्ने गर्थे जसको कारण उनको तौल बढेर १७५ किलो पुगेको थियो । सन् २०१३ मा आईपीएल म्याचमा १८ वर्षका अनन्त मुम्बई इन्डियनको जितमा ट्रफी लिन गएका थिए । जुन तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भयो ।

उनले सन् २०१६ मा कडा मेहेनत गरे र १८ महिनामा १०८ किलो तौल घटाए । उनलाई विनोद चन्नाले प्रशिक्षण दिएका थिए । चन्नाले १२ सेसन्सको लागि १.५ लाख फि लिएका थिए । चन्ना अभिनेत्री शिल्पा शेट्टीदेखि जोन अब्राहमसम्मका फिटनेट प्रशिक्षक हुन् ।

यसरी कम गरेका थिए तौल

–हरेक दिन कार्डियोमा २१ किलोमिटरको व्यायाम

–तौल घटाउँन योग

–तौल प्रशिक्षण भनेको क्यालोरी पगाल्ने हो जसले गर्दा मामंपेशी फिट हुन्छ ।

–शरीरको स्थिरता वृद्धि गर्न स्ट्रेचिङ

–बोसो पगाल्नको लागि हाई इन्टेन्सिटी कार्डियो कसरत

–तौल घटाउनको लागि खाद्य पदार्थ सही समय र सही मात्रामा हुन जरुरी हुन्छ । उनले चिनी नभएको र कार्बोहाइड्रेट जस्ता खाद्यपदार्थमा जोड दिए र फास्ट फुड बन्द गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप