शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

औषधि सेवन गर्दा यी कुरामा ध्यान दिऔँ

शनिबार, ३० चैत २०७५, १३ : ४६
शनिबार, ३० चैत २०७५

काठमाडौं–औषधि बिरामीको उपचारमा सबैभन्दा महत्वपूर्ण मानिन्छ । यदि औषधिको सेवनमा कुनै प्रकारको गल्ती भयो भने यसको सिधा असर बिरामीको स्वास्थ्यमा पर्न सक्छ । 

त्यसैले औषधि सेवनमा सजकता अपनाउनु अत्यन्त महत्वपूर्ण मानिन्छ । तर यो कुरा थाहा हुँदाहुँदै पनि औषधि सेवनमा त्रुटि भइरहेको पाइन्छ । 

जसले गर्दा उपचारमा सफलता नहुने र बिरामीलाई झन्÷झन् जटिलतातर्फ लैजान सक्छ भने कहिले काही औषधिको साइडइफेक्ट  पनि हुन सक्छ । 

त्यस पछि आउने सबै समस्या भने बिरामी आफैँले सहनु पर्ने हुन्छ । औषधि सही प्रयोग कसरी गरिन्छ ? सही रुपमा प्रयोग नगर्दा कस्ता समस्याहरु आउँछन् ? लगायत  विषयमा डाक्टर ओम मूर्ति अनिलले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । 

नेपालीमा उपचार र औषधिको बारेमा संवेदनशीलता देखिँदैन । विज्ञ व्यक्तिहरुलाई पनि आफूले कुन नामको औषधि खाइरहेको छु, यसको डोज के हो र औषधिले गर्ने काम के के हो भन्ने कुराको बारेमा जानकारी भएको पाइँदैन । 

 हाम्रो स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने औषधिको बारेमा जस्तै विज्ञ र अनुभवी व्यक्तिले पनि चासो दिएको पाइँदैन । औषधि खाएको एक महिना पछि मात्रै त्यो औषधिको सेवन गर्ने मिति सकिएको रैछ भन्ने थाहा पाउँछौ अर्थात किन्ने बेलामा औषधि सेवनको मिति कहिले सम्म हो भन्ने विषयमा खासै ध्यान जाने गरेको छैन । जुन कुराले बिरामीलाई प्रत्यक्ष असर गर्छ ।

यदी तपाईँ कुनै अस्पताल जानुभयो र चिकित्सकले औषधि लेखे भने त्यो कुन औषधि हो ? औषधि प्रयोग गर्ने मिति कहिले सम्म लेखिएको छ ,त्यो औषधिले के कस्ता साईडइफेक्स गर्न सक्छ ? खाना पछि खाने कि खाना अघि खाने ? कति दिन सम्म खाने र कति घण्टाको फरकमा खाने भन्नेलगायतबारे बुझ्न जरुरी हुन्छ । सबैभन्दा महत्वपूर्ण कुरा बिरामीले सेवन गर्ने औषधिको रोल के हो ? अर्थात तपाईँले त्यो औषधि किन खाने, त्यो औषधि खाँदा फाइदा के हुन्छ भन्ने बारेमा बुझ्न जरुरी हुन्छ । जब सम्म एउटा बिरामीले औषधिको महत्व के छ भन्ने कुरा बुझ्दैन त्यस्ता व्यक्तिले औषधि छाड्ने, नियमित नखाने जस्ता समस्याहरु हुन्छन् । 
चिकित्सकले पनि बिरामीले खाने औषधिको रोल के हो भन्ने बारेमा जानकारी गराउँन आवश्यक छ । यसमा बिरामीले पनि चासो राख्नुपर्छ । 

चिकित्सकले तपाइँलाई लेखिदिएको औषधि र औषधि पसलले दिएको औषधि एउटै होकी होइन भन्ने बारेमा निश्चित गर्न अति आवश्यक हुन्छ । 

चिकित्सकले कति वटा औषधि लेखिदिए र फार्मेसीले कतिवटा औषधि दिए भन्ने कुराको बारेमा पनि जान्न जरुरी हुन्छ । कहिले काहि ५ वटा औषधि लेखिएको ठाँउमा ४ वटा  मात्रै दिएको पनि हुनसक्छ । त्यो छुटेको एउटा औषधि अरु औषधि भन्दा महत्वपूर्ण हुन सक्छ । 

औषधिको एकातिरको भागमा औषधिको नाम र कम्पनी अनि डोज लेखेको हुन्छ भने अर्काे भागमा औषधि सेवनको मिति लेखिएको हुन्छ ।

कुनै व्यक्तिले चिकित्सकको सल्लाह बिना औषधिको डोज घटाउने बढाउने अथवा छोड्ने गर्ने गरेको पनि भेटिन्छ तर चिकित्सकको सल्लाह बिना यस्तो गर्नु गलत हो । 

कुनै कारण बिनानै सेवन गरिरहेको औषधि बन्द गर्दा केही असर हुन्छ कि हुँदैन भन्ने बारेमा पनि जानकारी हुनुपर्छ । जस्तै सुगर, प्रेसर लगायत रोगहरुको औषधि लामो समयसम्म खानु पर्नेहुन्छ । चिकित्सकको सल्लाह बिना यो औषधिको डोज घटाउने वा बढाउने गर्नु हुँदैन । 

एउटा औषधि पनि आधा मात्रै भाँचेर खाइरहनु भएको छ भने त्यस्तो औषधि एक दुई दिन पछि खाँदा खासै काम गर्दैन । 

झोल औषधिमा पनि सिल खोले पछि एक हप्ता ,१५ दिन या एक महिना मात्रै प्रयोग गर्न सकिन्छ त्यसपछि भने निरन्तर प्रयोग गर्न मिल्दैन । 

औषधि सेवन गर्दा कुनै अन्य सामान्य समस्याहरु पनि देखिन सक्छन् । जस्तो पे्रसरको औषधि खाँदा खुट्टा सुन्निन सक्छ, खुट्टा सुन्निनु भनेको साधारण समस्या हो यस्तो समस्या देख्ने बितिकै औषधि छोड्नु पर्छ भन्ने छैन । तर बिरामीले औषधि बन्द गर्दा फेरि प्रेसर हाई हुन्छ । औषधि खाँदा समस्या भएको खण्डमा चिकित्सकलाई तुरुन्त जानकारी गर्न आवश्यक हुन्छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप