शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ वर्षका फिल्म ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ले पाए दर्शक

आइतबार, ०१ वैशाख २०७६, १० : ५८
आइतबार, ०१ वैशाख २०७६

काठमाडौं – नयाँ वर्षको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएका दुई फिल्म ‘ए मेरो हजुर ३’ र ‘यात्राः अ म्युजिकल भ्लग’ले प्रदर्शनको सुरुमा राम्रो दर्शक पाउन सफल भएको छन् । दुबै फिल्मले शुक्रबार र शनिबार राम्रो ब्यवसाय गरेको वितरकको दाबी रहेको छ ।
अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ३’ पहिले र दोस्रो दिन राम्रो दर्शक पाएको छ । शनिबार फिल्मले आक्रमक व्यवसाय गरेको निर्माता सुनिल कुमार थापाले बताए ।
फिल्मले शनिबार गोपी, अष्टनारायण, गुण, गंगा, कलंकी, बहारी लगायत चलचित्र घरमा दर्शकको चाप देखिएको छ । मल्टिपेलेक्स सिभिल, जय नेपाल, छायाँ सेन्टर, कुमारीका साथै विग मुभिज, बिएसआर, एफ क्युब लगायतका सम्पुर्ण हलमा दर्शक खचाखच भरिएको दाबी निर्माता थापाको रहेको छ । 
प्रेमकथामा बनेको झरना थापा निर्देशित फिल्ममा अनमोल र सुहानाको अलवा सलोन बस्नेत, अर्पण थापा, सरोज खनाललगायतका कलाकारहरुको पनि यसमा अभिनय छ ।
यस्तै शुक्रबारबाटै प्रदर्शनमा आएको अर्काे फिल्म ‘यात्रा :अ म्युजिकल भ्लग’ले पनि राम्रो दर्शक पाइरहेको छ । चकलेटी ब्वाई सलिनमान बनिया स्टारर फिल्म ‘यात्रा’ले बक्सअफिसमा सुखद सुरुवात गरेको निर्माता सुशील पोखरेलले बताए ।

शुक्रबार साँझ प्रिमिएर गरिएको फिल्मले प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको थियो । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण शनिबार फिल्मले राम्रो व्यवसाय गरेको उनले बताए ।
देशभरका राम्रा र धेरे चलचित्र भवन पाएको यो फिल्म हेरेपछि कलाकार, निर्देशक र निर्माता दीपाश्री निरौलाले ‘यात्रा’ पैसा असुल फिल्म भएको बताइन् ।  सलिन र डेब्यू गर्ल मलिका महतको अभिनयकोख उनले  प्रशंसा पनि गरिन् । 
त्यस्तै हाँस्यजोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले फिल्म अत्यन्त राम्रो बनेको बताए । हाँस्यकलाकार सन्दीप क्षेत्रीले लभस्टोरी फिल्म मनपर्ने दर्शकलाई ‘यात्रा’ ले निराश नबनाउने बताए । 
अभिनेत्री रेखा थापा, निर्माता माधव वाग्ले, अभिनेता रमेश उप्रेती, निर्देशक दीवाकर भट्टराईलगायतले पनि फिल्म राम्रो बनेको र दर्शकलाई मनपर्ने बताएका छन् । सम्राट शाक्यले निर्देशन गरेकधो फिल्ममा सुलिनमान बनिया र मलिका महतको मुख्य भूमिका रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप