बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फर्केर हेर्दा २०७५ साल : यस्तो रह्यो ५ नम्बर प्रदेश

आइतबार, ०१ वैशाख २०७६, १५ : १८
आइतबार, ०१ वैशाख २०७६

बुटवल, तेजेन्द्र केसी । पुरानो वर्षको बिदाइ गरेर नयाँ वर्षको स्वागत गर्ने क्रममा पाँच नम्बर प्रदेशमा वितेको एक वर्षमा के कस्ता महत्त्वपूर्ण घटना भए भन्नेबारे पाठकलाई जानकारी गराउने प्रयास गरेका छौँ ।

२०७५ सालमा प्रदेश ५ मा विभिन्न राजनीतिक चखलेखदेखि सानाठुला भ्रष्टाचारका घटनाले चर्चा पायो । यही वर्ष सवारी दुर्घटना, ठूला विकासे आयोजनको सुरुवात भए । कानुन निर्माणमा तीव्रता लगायतका काम पनि भए । प्रदेश पाँचमा २०७४ फागुन २ गते मुख्यमन्त्रीमा नियुक्ति भएका शंकर पोखरेलले प्रदेश सरकारको कामलाई ७५ सालमा तीव्रता दिए । 

७५ सालमा पाँच नम्बर प्रदेशमा आयोग गठन र प्रदेश विकास बोर्ड गठन भए । प्रदेशका मन्त्रालयहरुले गठन गर्नुपर्ने विभिन्न समिति उपसमिति गठन भए । २०७५ सालमै प्रदेश सरकारले ल्याएको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले प्राथमिकता पायो ।

 जसअनुसार १०९ वटा स्थानीय तहमा सोहीअनुसार काम भइरहेको छ । स्थानीय तहले बजेट खर्च गरेर मूलतः भौतिक पूर्वधार विकासमा जोड दिएका छन् । स्थानीय तहका प्रतिनिधिहरुले सवारी सधानप्रति देखाएको मोह पनि यो प्रदेशमा चर्चाको विषय बन्यो ।

प्रदेश सरकारले २०७५ लाई कानुन निमार्ण वर्षका रूपमा लियो । प्रदेशमा कानुन निमार्णको काम पनि तीव्र रूपमा अगाडि बढ्यो ।

एक घर एक धारा अभियान कार्यन्यन गर्दा पहाही जिल्लाका बासिन्दाहरुले पिउने पानीे यही साल पाएका छन् । यस्तै गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठानका जस्ता जिल्लाहरुका केही स्थानीय तहले खरको छानो हटाएर टिन घरमा लागउने अभियान चलाए ।

यसबाट पनि तत्लो वर्गका नागरिकमा उत्साह थपिएको छ । स्थानीय सरकारले सङ्घीय सरकारले दिएको सुत्केरी भत्तालाई थपेर दिएका छन् । 
केही स्थानीयहरुमा बेथितिका घटना पनि सार्वजनिक भए । जनप्रतिनिधिहरु अपराधमा जोडिए । राजनीतिक आडमा केही स्थानीय तहको न्यायिक समितिले बलत्कार जस्तो केसलाई आर्थिक लेनदेनमा टुङ्ग्याइदिने गरेका घटना सार्वजनिक भए । 

गाडी खरिदमा भ्रष्टाचार 
यो वर्ष पाँच नम्बर प्रदेशमा दुई चर्चित घटना भए । प्रदेश सभाले खरिद गरेका सवारी साधनमा अनियमितताको दाग लाग्यो । बजार मूल्यभन्दा धेरै रकम खर्चेर सवारी साधन  खरिद गरेको विषयले मिडियादेखि  चिया पसलसम्म निकै चर्चा पायो ।

जसको प्रदेश सभा सार्वजनिक लेखा समितिले उपसमिति नै बनाएर छानविन गरिरहेको छ । यो घटनामा अख्तियार दुरुपयोग अनुन्धान आयोगले पनि चासो देखाएर आफ्नै ढङ्गले अनुसन्धान गरिहेको छ । यही प्रदेशमा रहेको बाँकेको सिक्टा सिंचाइ आयोजनामा भएको अनियताको पोल पनि यसै वर्ष खुलेको छ । जहाँ पूर्वमन्त्री विक्रम पाण्डेको कम्पनी कालिका कन्स्ट्रक्सनको गैरजिम्मेवारी रहेको देखिएपछि सञ्चारमाध्यमा राम्रो मसला बन्न पुग्यो ।

पाँच नम्बर प्रदेशमा अख्तियारले केही स्ट्रिङ अपरेसन गर्यो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालयको तथ्याङ्क हेर्दा स्थानीय तहमा बेथितिका उजुरी कुल उजुरीको आधा यो प्रदेशमा परेका भेटिए ।    

राष्ट्रिय गौरवका आयोजनबाट सन्तुष्टि 
यो प्रदेशमा ठूला अयोजनाहरुका काम तीव्र गतिमा भएकाले प्रदेशवासीलाई उत्साहित बनाएको  छ । भैरहवाको गौतमबुद्ध विमानस्थाल निमार्णको काम अन्तिम चरणमा पुगेको छ । यस्तै बुटवल बेलहिया ६ लेनको सडकको झन्डै ९० प्रतिशत काम यसै सालमा सकिएको छ ।

बुटवल नारायणगढ सडको विस्तारको काम प्रधानमन्त्रीबाट बुटवलमा शिलान्यान भएको छ । प्रत्येक प्रदेशमा एक सरकारी मेडिकल स्थापना गर्ने रणनीतिअन्तर्गत बुटवल मेडिकल कलेज रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सुरुवात भएको छ । यस्तै सन्धिखर्क ढोरपाटन सडकको काम अगाडि बढेको छ । जुन सडकले लुम्बिनीदेखि ढोर पाटनसम्म जोड्ने काम गर्छ । जसको धार्मिक र पर्यटकीय महत्त्व छ ।

प्रदेश ५ मा रहेका ठूला आयोजनाले २०७५ सालमा राम्रौ प्रगति गरेको प्रदेश आयोग उपाध्यक्ष डा. प्रकाश श्रेष्ठको भनाइ छ । 
सरकारका प्रवक्ता मन्त्री बैजनाथ चौधरीले कर्मचारी समायोजन नहुँदा बजेट खर्च गर्न प्रदेश सरकारलाई चुनौती भएको बताए । उनले मन्त्रालयका सरकारी कार्यालय करिब पूरा भएकाले अब नयाँ वर्षमा धमाधम काम हुने दाबी पनि गरे । 

विप्लवमाथि प्रहार 
राजनीतिक रूपमा विप्लव समूहमाथि सरकार कडा रूपमा प्रस्तुत भयो । त्यसको असर पाँच नम्बरमा पनि देखियोे । १३ वर्षदेखि विप्लवको कब्जामा रहेको रातो घरको नामले चिनिएको सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा रोडमा रहेको वाणिज्य बैङ्कको घरलाई सरकारले फिर्ता लियो । उक्त घर सुरुमा नेकपा माओवादी, त्यसपछि वैद्य र अन्तिममा विप्लव समूहको कब्जामा थियो । 
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको गाउँमा प्रहरीले सर्च अपरेसन चलाएपछि कपिलवस्तुको शिवराज नगरपालिका लगायत विभिन्न ठाउँबाट उसका कार्यकर्ताहरु पक्राउ परे ।
शिवगढीमा नेकपाका महासचिव विप्लवको समेत घर रहेको छ । 

केही दुःखद् खबर  
यो वर्ष दाङको तुलसीपुरस्थित राम्री नजिकै बस दुर्घटनामा परी २२ जनाको ज्यान गयो । घटनामा प्राविधिक शिक्षालयका विद्यार्थीहरुको मृत्यु भएपछि यो घटनाले अरू दुखित बनायो । 

पुस ६ गते सल्यानको कपुरकोटस्थित मूलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कंदै गरेको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटना हुँदा २२ जनाको ज्यान गएको थियो । 

यस्तै दाङमा प्रदेश सभा सदस्य दीपेन्द्र ओलिको सवारी दुर्घटनमा निधन भयो । प्रदेश नम्बर ५ का सांसद उत्तरकुमार ओलीको २४ माघमा सवारी दुर्घटनामा परेर निध भयो ।

दंगीशरण गाउँपालिका वडा नं. ६ लेटार निवासी सांसद ओली गत वर्ष भएको प्रदेश सभा निर्वाचनमा दाङ निर्वाचन क्षेत्र नं. ३ (२) बाट निर्वाचित भएका थिए । वर्षको अन्तिम हप्ता गुल्मीका पूर्व सांसद तथा नेपाली काँग्रेसका नेता रुद्रमणि भण्डारी शर्माको जिप दुर्घटनामा परी मृत्युभएको घटनाले प्रदेशवासीलाई दुखित तुल्यायो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप