शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

स्वयम्भूका डीएसपीलाई ३ लाख ५० हजार घुस दिन खोज्ने तीन जना पक्राउ

आइतबार, ०१ वैशाख २०७६, १६ : २४
आइतबार, ०१ वैशाख २०७६

काठमाडौं– महानगरीय प्रहरी वृत्त स्वयम्भूका डीएसपीलाई घुस दिन खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

गएराती डीएसपी सुधीर राज शाहीलाई घुस दिन खोज्ने सर्लाही हरिपुरका श्याम बिक, सुर्खेत हरिपुरकी दीपा राना र नुवाकोट ककनीका भरत तामाङ पक्राउ परेकाे प्रहरी उच्च स्रोतले रातोपाटीलाई जानकारी दियो । 
प्रहरीका अनुसार श्याम  बा५ख ४८४२ बस चालक हुन् र उनी ३ लाख घुस बोकेर डीएसपी शाहीकहाँ पुगेका थिए । 
यस्तै दीपा थप ५० हजार नगद लिएर भरतसँगै जाँदा उनीहरुपनि पक्राउ परेका हुन् ।  

झापाबाट काठमाडौं चल्ने बसमा अवैध कपडा ल्याउँदा प्रहरीले बरामद गरेको र सो छुटाउन उनीहरुले घुस दिन खोजेको बताइएको छ । 

बरामद कपडाको मूल्य ६० लाख बराबरको रहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप