बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

केन्याको डान्सबारमा कार्यरत १२ नेपाली युवती समातिए

आइतबार, ०१ वैशाख २०७६, २२ : २३
आइतबार, ०१ वैशाख २०७६
काठमाडौं– केन्याको डान्सबारमा कार्यरत १२ नेपाली युवती पक्राउ परेका छन् । 
 
नेपाली युवतीहरु काममा खटिएकै बेला प्रहरीले छामा मारी नियन्त्रणमा लिएको जनाइएको छ । 
प्रहरीले डान्सबारका मालिक आसिफ जेथा समेतलाई पक्राउ गरेको छ । 
स्थानीय प्रहरी अधिकारीले मानव तस्करीको आशंकामा जेथामाथि अनुसन्धान भइरहेको जनाएका छन् । 
उनीहरुलाई कसरी केन्या पुर्याइयो भन्ने प्रष्ट भएको छैन । अफ्रिकी मुलुक केन्याले यौन व्यवसायका लागि मानव तस्करीमा कडाई गर्दै आएकाे छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप