बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी भएको थियो लुक्लामा विमान दुर्घटना ( सीसीटिभी भिडियो )

आइतबार, ०१ वैशाख २०७६, २३ : ०८
आइतबार, ०१ वैशाख २०७६

काठमाडौँ– सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाईजहाज र हेलिकोप्टर ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ३ पुगेको छ । नेपाल प्रहरीका असई रुद्रबहादुर श्रेष्ठको मृत्यु भएसँगै मृतकको संख्या ३ पुगेको हो ।

श्रेष्ठको काठमाडौं ल्याउने क्रममा मृत्यु भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले पुष्टि गरे । यसअघि समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्काको मृत्यु भएको थियो । 

आइतबार बिहान ९ बजे ७ मिनेटमा लुक्लाबाट उड्ने क्रममा समिट एयरको जहाज रनवेबाट चिप्लिएर मनाङ र श्री एयरको हेलिकप्टमा ठोक्किन पुगेको थियो । 

सो विमान दुर्घटना हुँदा लुक्ला एयरपोर्टमा जडान गरिएको सीसी क्यामेराले खिचेको लाइभ फुटेज समेत सार्वजनिक भएको छ । लाइभ फुटेज हेर्दा सुरुमा मनांग एयरको हेलिकोप्टर ल्यान्ड गरेको देखिन्छ । त्यसलगत्तै एउटा विमानले उडान भरेको देखिन्छ । सो विमान उडेलगत्तै समिट एयरले उडान भर्न लाग्दा विमान चिप्लिएको देखिन्छ ।

हेर्नुहोस् लाइभ फुटेज ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप