चेल्सीविरुद्ध लिभरपुलको सनसनी
एजेन्सी– चेल्सीमाथि सनसनीपूर्ण जित निकाल्दै लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थान कब्जा गरेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले चेल्सीलाई २–० गोलले हरायो । घरेलु मैदानमा लिभरपुललाई जिताउन साडियो माने र मोहमद सलाहले गोल गरे ।
पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको लिभरपुलले दोस्रो हाफमा दबदबा जमाएको थियो । ५१ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । ५३ औं मिनेटमा सलाहले डिबक्स बाहिरबाट करिब २५ यार्ड लामो प्रहारमा उत्कृष्ट गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको सुरुवातमै दुई गोल गरेपछि लिभरपुल रक्षात्मक देखिएको थियो । चेल्सीले राम्रा गोल गर्ने अवसर बनाए पनि सदुपयोग गर्न सकेन । जितसँगै लिभरपुलले ३४ खेलबाट ८५ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ८३ अंक छ । यद्यपि सिटीले एक खेल कम खेलेको छ । लिभरपुलसँग हारेको चेल्सी ६६ अंक सहित चौथो स्थानमा छ ।
आइतबार रातिनै भएको खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३–१ गोलले हरायो । क्रिस्टलको घरेलु मैदानमा खेलिएको एकपक्षीय खेलमा सिटीलाई जिताउन रहिम स्ट्रलिङले १५ औं र ६३ औं मिनेटमा दुई गोल गरे । ग्रावियल जेससले ९० औं मिनेटमा एक गोल थपेका थिए । क्रिस्टलका लुका मिलिजोभिकले ८१ औं मिनेटमा एक गोल फर्काएका थिए । हारसँगै १३औं स्थानमा रहेको क्रिस्टलले ३९ अंक बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मासिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
-
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
-
दूधमा पनि बर्डफ्लुको भाइरस फेला
-
तौल घटाउन गर्मीमा खानुहोस् कम चिनी भएका यी ७ फलफूल
-
कृषि मन्त्रालयको बजेट सिलिङ ५१ अर्ब ८८ करोड, कुन योजनालाई कति रकम ?