शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रेन्च लिगः पीएसजीको लज्जास्पद हार

सोमबार, ०२ वैशाख २०७६, १३ : २४
सोमबार, ०२ वैशाख २०७६

एजेन्सी– फ्रेन्च लिगको उपाधि मुखमा रहेको पेरिस सन्ट जर्मन (पीएसजी) ले दोस्रो स्थानको लिलेसँग लज्जास्पद हार खेपेको छ । आइतबार राति भएको खेलमा पीएसजी लिलेसँग ५–१ गोलले पराजित भयो । यस हारसँगै पीएसजीको उपाधि दौड अझै केही दिन लम्बिएको छ ।

लिलेले आत्मघाती गोल सहयोगमा अग्रता लिएको थियो । सातौ मिनेटमा पीएसजीका थोमस म्युनिरको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो । पीएसजीका जुवान वर्नाटले ११ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि वर्नाट ३६ औं मिनेटमा रातो कार्ड खाँदै बाहिरिएपछि पीएसजी १० खेलाडीमा समेटिएको थियो ।

निकोलस पेपेले ५१ औं मिनेटमा गोल गर्दै लिलेलाई अग्रता दिलाए । जोनाथन बाम्बाले ६५ औं मिनेटमा अर्को गोल गरे । ग्योबरियल माग्लायसले ७१ औं र जोसे फोन्टेले ८४ आंै मिनेटमा गोल गर्दै लिलेलाई फराकिलो जित दिलाए । पीएसजीका केलियन एमबाप्पेको दुईवटा गोल अफसाईड भएको थियो । अन्य स्टार खेलाडी समेत घाइते हुँदा पीएसजी दबाबमा देखियो ।

खेलपछि एमबाप्पेले च्याम्पियन टोलीले यस्तो हार खेप्नु उचित नहुने बताए । ‘हामीले सिकारुको जस्तो खेल्यौं । खेलमा सुरुमा हामीले दबाब दिएका थियौं । एकै छिनमा उल्टै दबाब खेप्नुपर्यो । हामी च्याम्पियन हुन्छौं भन्दैमा हेपेर खेल्न हुँदैन,’ एमबाप्पेले भने । हारसँगै शीर्ष टोली पीएसजीको ३१ खेलबाट ८१ अंक छ । दोस्रो स्थानमा रहेको लिलेको ३२ खेलबाट ६४ अंक पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप