बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा लन टेनिस खेल: एपीएफ क्लबले जित्यो ५ स्वर्ण

सोमबार, ०२ वैशाख २०७६, १३ : ५४
सोमबार, ०२ वैशाख २०७६

बुटवल–आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगर्तको रुपन्देहीमा जारी लन टेनिस खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले ५ स्वर्ण जितेको छ । एपीएफले महिला एकल, महिला युगल, पुरुष युगल, मिश्रित युगल र पुरुष टिम गरि ५ इभेन्टमा स्वर्ण हात पारेको हो ।

प्रतियोगितामा नेपाली सेनाले महिला टिम इभेन्टतर्फ एकमात्र स्वर्ण तथा पहिलो पटक प्रतियोगितामा भाग लिएको एनआरएनले पुरुष एकलमा स्वर्ण हात पार्न सफल भयो । बुटवलको देविनगरस्थित लन टेनिस कोर्टमा चैत २७ गते चलेको प्रतियोगताको आज फाइनल पुरुष एकलको फाईनल खेलमा एनआरएनका संरक्षणभूषण बज्राचार्यले नेपाली सेनाका प्रनव खनाललाई ६–२, ६–२ को सोझो सेटमा पराजित गर्दै स्वर्ण आफनो पक्षमा पारे । नेपाली सेनाका प्रनव रजत पदकमा चित्त बुझाए । यसैगरि खेलमा एपीएफका सन्तोष खत्री, प्रदेश नं ४ का प्रदिप खड्का तृतिय हुदै कास्य पदक प्राप्त गरेका छन ।

महिला एकलतर्फको फाईनल खेलमा एपीएफकी प्रेरणा कोइरालाले नेपाली सेनाका अभिलाषा विष्टलाई पराजित गर्दैै स्वर्ण जितिन् । उनले फाइनल खेलमा ६–२, ६–० का सेटमा जित निकालेकी हुन् । उपविजेता अभिलाषा विष्ट रजत पदकमा चित्त बुझाइन । खेलमा प्रदेश नं. ३ का रायना शाह र नेपाली सेनाकी ईरा रावत तृतीय हुँदै कास्य पदक जितेका छन् ।

एक कार्यक्रमका बीच विजेता, उपविजेता खेलाडीहरुलाई नेकपा प्रदेश सचेतक भूमिश्वर ढकाल, नेपाल लन टेनिस संघका केन्द्रीय अध्यक्ष ज्योती राणा, पन्देही जिल्ला खेलकुद समितिका अध्यक्ष योग गुरुङ, उपाध्यक्ष मुक्ति अधिकारीले पदक तथा प्रमाणपत्र वितरण गरेका छन् । राष्टिय खेलकुद अन्र्तगत बुटवलमा लन टेसिन परेको थियो । दाङ, नेपालगञ्ज, लगायत विभिन्न ठाउँ फरक–फरक खेल परेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप