बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय काँग्रेस नेता शशी थरुर धार्मिक अनुष्ठानको क्रममा घाइते

सोमबार, ०२ वैशाख २०७६, १६ : ४९
सोमबार, ०२ वैशाख २०७६

भारतीय काँग्रेस नेता शशी थरुर एक धार्मिक अनुष्ठानको क्रममा केरलाको एक मन्दिरमा दुर्घटनामा परेका छन् ।

केरलाको थिरुभनन्थपुरमबाट सांसद रहेका थरुर दुर्घटनामाघाइते भएका छन् ।

‘थुलाभरम’ नामको एक धार्मिक अनुष्ठानको अवसरमा उनी घाइते भएका हुन् । उक्त धार्मिक अनुष्ठानमा भक्तहरुले तराजुको एकातर्फ आफू रहेर अर्कोतर्फ आफ्नो तौल बराबरको दान दिने सामग्री राख्छन् । त्यस क्रममा तराजु चुडिँदा उनको टाउकोमा चोट लागेको हो ।

घटनापछि थरुरलाई अस्पताल लगिएको थियो । उनलाई ६ टाँका लगाइएको छ ।

चिकित्सकहरुले उनको अवस्था स्थिर रहेको तर आरामको आवश्यकता रहेको बताएका छन् ।

थरुर लोक सभा निर्वाचनको उम्मेद्वार पनि हुन् । उनको निर्वाचन क्षेत्रमा मे २३ मा निर्वाचन हुँदैछ । उनी तेस्रो कार्यकालका लागि चुनाव लड्दैछन् ।

केरलामा विष्णुको नामको नयाँ वर्ष आजबाट सुरु भएकोछ । यस दिनमा भक्तजनहरु मन्दिरमा प्रर्थना गर्नेदेखि थुलाभरम गर्ने गर्छन् ।

थुलाभरममा सामान्यतया आफ्नो तौल बराबरको फलफूल, घिउ, चामल, चिनी आदि दान गरिन्छ ।

थरुरलाई यस पटक भाजपा उमेद्वार तथा पूर्व–मिजोरम गर्भनर कुम्मानम राजशेखरनले बलियो टक्कर दिएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप