विमानस्थलबाट अवैध नगदसहित पोल्याण्डका २ जना पक्राउ
सोमबार, ०२ वैशाख २०७६, १७ : ०२
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अवैध नगदसहित २ जनालाई पक्राउ गरेको छ । विहान ८ बजे बजे एयरवेजको उडानद्धारा स्वदेश फर्किन लागेका पोल्याण्डका Maksy Milikn Weglowski र Aakuv Stecki लाई पक्राउ गरेको हो ।
Maksy Milikn Weglowski को साथबाट १३ हजार ६ सय डलर , ५ हजार २ सय युरो र ५८ हजार नेपाली रूपैयाँ र Aakuv Stecki को साथबाट ६ हजार १ सय डलर र ५ हजार युरोसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको होल ब्यागेज चेकिङ एरियामा चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको विमानस्थलका एसपी कृष्ण कोइरालाले जानकारी दिए ।
पक्राउ परेकाहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तले क्यामेराम्यानसँग मागे माफी
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
राजधानीको चन्द्रागिरिमा सुमो दुर्घटना
-
हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन
-
जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ