शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एक किलो सुनसहित १ जना पक्राउ

सोमबार, ०२ वैशाख २०७६, १७ : ४६
सोमबार, ०२ वैशाख २०७६

बुटवल– नेपालबाट अवैध रुपमा एक किलो सुन डण्डा हुँदै भारततर्फ लैजाँदै गर्दा एक व्यक्ति पक्राउ परेका छन् । नेपालबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको एक किलोग्राम सुनसहित एक व्यक्तिलाई सीमावर्ती भारतीय प्रहरीले बरामद गरेको छ ।

भारतीय सीमा सुरक्षा बलले डण्डा हेडको बाटो हँुदै भारततर्फ जाँदै गरेको लु४२ प ७६१९ नम्बरको स्कुटी जाँच गर्ने क्रममा उक्त स्कुटीमा लुकाई राखेको सो सुन बरामद गरिएको हो । सुनसहित भारतीय प्रहरीले उक्त स्कुटीका चालक भैरहवा निवासी धनवत अग्रवाललाई पनि पक्राउ गरी थप कारवाहीका लागि नौतनवास्थित भारतीय भन्सार कार्यालय पठाएको जनाएको भारतीय प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक धर्म भण्डारीले सुन बरामद र नेपाली पक्राउको विषयमा  नेपाल प्रहरीले बुझिरहेको रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप