बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वानियाटारमा प्रहरीलाई हातपात गर्न खोज्ने ३ जना पक्राउ

सोमबार, ०२ वैशाख २०७६, १८ : ०६
सोमबार, ०२ वैशाख २०७६

काठमाडौं । मादक पदार्थ सेवन गरी प्रहरीलाई हातपात गर्न खोज्ने तीन जना पक्राउ परेका छन् । टोखा नगरपालिका–८ वानियाटार चोकबाट उनीहरुलाई आइतबार राती प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा टोखा नगरपालिका बानियाटार बस्नेहरु २१ वर्षीय दिपक लिम्वु, ३२ बर्षीय राकेश लिम्बु र २१ वर्षीय विश्वास लिम्बु रहेका छन् । 

मादक पदार्थ सेवन गरी गरी हो–हल्ला गर्दै हिँडिरहेको अवस्थामा प्रहरी टोलीले सम्झाई बुझाई गर्दा प्रहरीलाई हातपात गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप