बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

युवापुस्ताको प्रेमको बिषयमा बन्यो ‘डियर लभ’

सोमबार, ०२ वैशाख २०७६, १८ : ०६
सोमबार, ०२ वैशाख २०७६

काठमाडौं– नेपालमा पछिल्लो समय वेब सिरिज निर्माणको प्रचलन निकै बढ्दो छ । दशक अगाडि सिरियल टेलिभिजनको लागि मात्र निर्माण हुने गदथ्यो । अहिले भने वेब सिरिजको विस्तार भएको छ ।  यस्तैमा ‘डियर लभ’ नामक वेब सिरिज निर्माण भएको छ । रुबुशा क्रियटिभ वर्कसको ब्यानरले १५ वैशाखबाट सार्वजनिक गर्ने गरेर वेब सिरिज निर्माण गरेको हो । 

निर्माण संस्था रुबुशा क्रियटिभले नयाँ बर्षको अवसर पारेर राजधानीमा एक कार्यक्रमको आयोजनासहित वेब सिरिजको बारेमा जानकारी गराएको छ । ट्रेलर सार्वजनिक गरिएको कार्यक्रममा अभिनेता तथा निर्माता रमेश उप्रेतीले अहिले पहिलेको जस्तो कुनैपनि कलाकारले आफ्नो प्रतिभा देखाउन ठुलो पर्दाको सिनेमा अथावा टेलिभिजन सिरियलको अडिसन दिनु नपर्ने बताए ।

रुबुशा च्यानलमार्फत प्रशारण हुने सिरिजमा रविन बोगटीको लेखन रहेको छ । युवापुस्ताको माया, प्रेमप्रतिको महत्वलाई सिरिजल प्रस्तुत गर्ने बताइएको छ ।  विवेक रसाइलीको लेखन तथा निर्देशन रहेको सिरिजमा दिप्सन भट्टराई, करिना कक्षपति, रबिन बोगटी, रश्मि भट्ट, केदार श्रेष्ठ, किरण चन्द, कल्याण थापा, इशिका लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ । 

‘हामी सबै युवा त्यसैले पनि यो सिरिज खिच्न हामीलाई त्यती सहज थिएन’ यसका निर्माता रुक्माण लिम्बुले भने, ‘हामीले कथाको भाव अनुसार प्रस्तुतिकरणमा कुनै पनि कञ्जुस्याई गरेका छैनौ ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप