शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाका तीन शीर्ष नेता बालुवाटारमा

सोमबार, ०२ वैशाख २०७६, १८ : २६
सोमबार, ०२ वैशाख २०७६

काठमाडौं । पार्टी एकतालाई अन्तिम रुप दिन प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधव कुमार नेपालबीच वार्ता भइरहेको छ । 

आज साँझ प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा पार्टी स्थापना दिवसको दिन पारेर ९ बैशाखसम्म पार्टी एकता टुंग्याउन उनीहरु वार्तामा जुटेका हुन् । 

स्रोतका अनुसार जिल्ला कमिटीको नेतृत्वमा पूर्वएमाले र पूर्वमाओवादीले कति–कति भाग पाउने भन्ने विषय सहमति जुटेपनि पूर्वएमालेको भागमा नेताहरुबीच भागबण्डामा समस्या देखिएपछि एकताले पूर्णता पाउन सकिरहेको छैन ।

बरिष्ठ नेता नेता नेपाललाई ७७ जिल्लामध्ये पूर्वएमालेले २ वटा जिल्ला मात्र दिएपछि नेता नेपालले निश्चित मापदण्ड बनाएरमात्रै जिल्ला नेतृत्वको टुङ्गो लगाउनुपर्ने माग गर्दै आएका छन् । 

यसअघि चैत २८ गते पनि प्रधानमन्त्री ओलीले प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेललाई पार्टी एकताको विषयमा छलफल गर्न चन्द्रागिरी लिएर गएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप