पालुङटारमा एनसीसी बैंकको शाखा विस्तार
सोमबार, ०२ वैशाख २०७६, १९ : ४६
गोरखा– नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिले गोरखा जिल्लाको पालुङटार नगरपालिका, वडा नं. ५ पालुङटारमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । पालुङटारमा शाखा कार्यालय विस्तार गरेसँगै बैंकको देशभर शाखा संख्या १२३ पुगेको छ ।
पालुङटार र आसपासका क्षेत्रमा सेवा पु¥याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिंग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।