शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सोमबार, ०२ वैशाख २०७६, २० : १७
सोमबार, ०२ वैशाख २०७६

हेटौँडा । हेटौँडा नारायणगढ सडकखण्डको मनहरी र खरङ्गामा आइतबार राति भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । 

चितवनको नारायणगढबाट हेटौँडातर्फ आउँदै गरेको ग१ख ६६२९ नंको बसले पैदलयात्री एक वृद्धलाई ठक्कर दिँदा कैलाश गाउँपालिका वडा नं ४ बस्ने वर्ष ६५ को अक्कलबहादुर प्रजा र नारायणगढबाट हेटौँडातर्फ आउँदै गरेको ना१ज ८८६७ नंको सुमो जिपले को ८४ त ७४९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोरङ जिल्ला दुधेश गाउँ बस्ने वर्ष ३६ को रवीन्द्रकुमार पोदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

यसैगरी हेटौँडाबाट मकवानपुरगढीको धरमपानीमा रोकिराखेको ना८ख ४३२६ नंको टिपरलाई ठक्कर दिँदा ना ३२ ख ८८४९ नंको मोटरसाइकल नै ठोक्किँदा उक्त मोटरसाइकलका चालक गढी गाउँपालिका–४ बस्ने वर्ष ३५ को गोविन्द भोम्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

ठक्कर दिने बस र सुमोलाई अनुसन्धानका लागि प्रहरीले चालक र सवारी साधनलाई नियन्त्रणमा लिएको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप