बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

संरक्षकले दिलाए एनआरएनएलाई पहिलो स्वर्ण

सोमबार, ०२ वैशाख २०७६, २० : ५१
सोमबार, ०२ वैशाख २०७६

काठमाडौं । आठौं राष्ट्रिय खेलकुदमा पहिलो पटक सहभागिता जनाएको एनआरएनका लागि पहिलो स्वर्ण संरक्षक भूषण वज्राचार्यले दिलाएका छन् । एनआरएनए (अस्ट्रेलिया) का संरक्षकभूषणले लनटेनिसमा टोलीलाई सोमबार पहिलो स्वर्ण दिलाएका हुन् ।

बुटवलमा भएको पुरुष सिंगल्स फाइनलमा संरक्षकले आर्मीका प्रणव खनाललाई ६–१, ६–२ को सोझो सेटमा पराजित गरे । गण्डकीका प्रदीप खड्का र एपीएफका सन्तोष खत्री तेस्रो भए ।

महिला सिंगल्सको उपाधि एपीएफकी प्रेरणा कोइरालाले जितिन् । फाइनलमा प्रेरणाले नेपाल आर्मीकी अभिलाषा विष्टलाई ६–० र ६–२ को सीधा सेटमा हराइन् । आर्मीकी इरा रावत र प्रदेश ३ की रायना शाह संयुक्त रुपमा तेस्रो भए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप